#
गृह पृष्ठ मेलापत वीरगञ्जमा कोरोना महामारी, देशको ‘लाइफलाइन’मा प्रभाव

वीरगञ्जमा कोरोना महामारी, देशको ‘लाइफलाइन’मा प्रभाव

१९ साउन, काठमाडौं । वीरगञ्जबाट रक्सौलस्थित भारतीय आयल कर्पोरेसनको डिपोमा पुगेर दैनिक ७० देखि १०० वटा ट्यांकरले पेट्रोलियम लिएर आउँछन् ।

तर पछिल्लो समय वीरगञ्जमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो छ । यसले देशकै लाइफलाइनमा चुनौती थपिँदै गएको नेपाल आयल निगमको अमलेखगञ्ज डिपोका प्रमुख भरत रेग्मी बताउँछन् ।

अहिले वीरगञ्जबाट सयौं गाडी काठमाडौंलगायत देशभरका शहरमा आइरहेका छन् । त्यसरी आउने गाडीका चालक, सहचालक र यात्रुसँगै कोरोना फैलने जोखिम उच्च छ । भारतको बिहारसँग जोडिएको वीरगञ्जमा महामारी समुदायस्तरमा फैलिन थालेको विज्ञहरुले बताउँछन् ।

वीरगञ्ज महामारीमा जेलिँदाको असर देशको समग्र अर्थतन्त्रमा पर्नसक्ने नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ बताउँछन् । कोरोना फैलिन नदिन व्यवसायिक जगतले वीरगञ्जबाट हुने आयात र ढुवानी कम गर्न थालेको उनले बताए ।

भारतबाट स्थलमार्ग हुँदै नेपाल पस्ने सबभन्दा सहज नाका हो, वीरगञ्ज । त्यसैले यसलाई नेपालको ‘प्रवेशद्वार’ पनि भनिन्छ । वीरगञ्ज सर्वसाधारणको आवतजावतमा मात्र होइन, अन्तर देशीय ब्यापारका हिसावले पनि मुख्य नाका हो । यो सहजताले बीरगञ्जलाई नेपालको प्रमुख औद्योगिक–व्यापारिक शहर बनाएको छ ।

वीरगञ्ज अर्थतन्त्रसँग यसरी जोडिएको छ कि त्यहाँ हुने हरेक घटनाले काठमाडौंलाई तरंगीत पार्नेगरेको छ । भारतीय नाकाबन्दीका बेला अन्य नाकाबाट सहज आयात भइरहँदा पनि वीरगञ्जको अवरोधले अर्थतन्त्रमा पारेको प्रभावले त्यसलाई प्रष्ट गर्छ ।

छुटाउनुभयो कि?

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...