#
गृह पृष्ठ मेलापत आईसीयूमा रहेका कोरोना संक्रमितको औषधि : व्यक्तिले प्लेन चार्टर गरेर ल्याए, सरकारले...

आईसीयूमा रहेका कोरोना संक्रमितको औषधि : व्यक्तिले प्लेन चार्टर गरेर ल्याए, सरकारले ल्याएन

१९ साउन, काठमाडौं । विराट मेडिकल कलेज तथा नर्सिङ होमका सञ्चालक डा. ज्ञानेन्द्र कार्कीलाई साउन ७ गते कोभिड–१९ संक्रमण पुष्टि भयो ।

निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या आएपछि ९ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरियो । त्यसबेला उनलाई ९० प्रतिशत अक्सिजन दिनुपरेको थियो ।

आईसीयूमा राखेर अक्सिजन दिँदा पनि स्वास्थ्यमा सुधार आएन । उनलाई भेन्टिलेटरमा सारियो । डा. कार्कीको उपचारका लागि रेमडिसिभिर औषधि नभई नहुने भयो ।

तर यो औषधि नेपालमा उपलब्ध थिएन ।

कोरोना संक्रमित बिरामीलाई सामान्य औषधि उपचार र अक्सिजनले नभ्याएपछि आईसीयूमा राखेर उपचार गर्ने क्रममा सुईमार्फत रेमडिसिभिर औषधि दिइन्छ ।

अमेरिकाको जिलिड फर्मासिटिकल्सले उत्पादन गरेको रेमडिसिभिरलाई अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए)ले कोभिड–१९ का संक्रमितहरूमा प्रभावकारिता अध्ययन गर्न स्वीकृति दिएको छ ।

‘आर्थिक अवस्था राम्रो भएका कारण कलकत्ताबाट औषधि मगाएर उपचार गर्न सकियो’ शिक्षण अस्पतालका कोभिड—१९ व्यवस्थापन संयोजक प्रा.डा. सन्तकुमार दास भन्छन्, सामान्य मानिसले यो औषधि उपचार पाउँदैनन् ।’
यो एन्टिभाइरल इबोलाका बिरामीमा पनि प्रयोग गरिएको थियो । नेसनल इन्स्टिच्युट अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिज (एनआईएआईडी)का अनुसार अमेरिकाका अस्पतालमा भर्ना भएका एक हजार ६३ कोरोना संक्रमितमा गरेको अध्ययनमा अन्य औषधिभन्दा यो एन्टिभाइरल प्रयोग गरेकाहरूमा प्रभावकारिता राम्रो भएको र चाँडो निको भएको जनाएको छ । यो परीक्षणलाई ‘एडप्टेड कोभिड–१९ ट्रिटमेन्ट ट्रायल’ (एसीटीटी) नाम दिइएको थियो ।

पहिलो एसीटीटी ट्रायलको रुपमा कोभिड–१९ संक्रमित भएको ‘डाइमण्ड प्रिन्सेस’ नामक पानी जहाजबाट यात्रा गरेर क्वारेन्टिनमा बसेकाहरुमा यो एन्टिभाइरल प्रयोग गरिएको थियो ।

विभिन्न क्लिनिकल ट्रायलको निष्कर्षअनुसार रेमडिसिभिर औषधिले जटिल अवस्थामा पुगेका बिरामीको स्वास्थ्यमा आंशिक सुधार ल्याउँछ, तर पूर्ण निको भने पार्दैन ।

त्यसैले अहिले गम्भीर किसिमका कोरोना संक्रमितलाई रेमडिसिभिर प्रयोग गर्न थालिएको छ । एक जना कोरोना संक्रमित बिरामीलाई पाँच दिनसम्म ६ डोजमा रेमडिसिभिर औषधि दिनुपर्ने चिकित्सकहरु बताउँछन् । सुईको माध्यमबाट ६ डोज रेमडिसिभिर औषधि दिँदा झण्डै एक लाख खर्च लाग्छ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...