#
गृह पृष्ठ मनोरन्जन भिर्निझोलाकी गायिका लामिछानेको नया गित ''मन भयो दोधार''(हेरौ एक पटक भिडियो)

भिर्निझोलाकी गायिका लामिछानेको नया गित ”मन भयो दोधार”(हेरौ एक पटक भिडियो)

‘भिर्नी झोलामा’की गायिका सरस्वती लामिछानेको नयाँ तीजगीत सार्वजनिक भएको छ।‘मन भयो दोधार’ बोलको गीतको म्युजिक भिडियो गायिका लामिछानेको आधिकारिक युट्युब च्यानल सरस्वती लामिछानेमार्फत सार्वजनिक भएको हो।गीतमा गायिका लामिछानेलाई चर्चित गायक पशुपति शर्माले साथ दिएका छन्। शिव अँखेलीको शब्द र संगीत रहेको गीतको एरेन्ज एचबीएन किस्मतले गरेका हुन् ।

गीतमा ग्रामीण जीवन श्रीमान–श्रीमतीबीचको मायाप्रेम, झगडा त्यसले परिवारमा पारेको मनोवैज्ञानिक असरलाई प्रस्तुत गरिएको छ । गीतको म्युजिक भिडियोमा लोमश शर्मा र रुविना अधिकारीको अभिनय रहेको छ। कुमार केसीले निर्देशन गरेको भिडियो छायाँकन अजय रेग्मी, कोरियोग्रनफी प्रशान्त मगर र सम्पादन विकास ज्ञवालीले गरेका छन्।लामिछानेले यसअघि धेरै गीतहरु बजारमा ल्याइसकेकी छिन्।

 

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...