पर्बत – चर्चित सर्जक कस्तुप पन्तको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । उनको आफ्नै लय तथा शब्द रहेको बैंस बितारा बोलको गीत आफैंले गाएका छन् भने उनलाई शान्तिश्री परियारले स्वरमा साथ दिएकी छिन् ।
नेपाली हिन्दु नारीहरुको पर्वका रुपमा हरेक वर्ष मनाइने हरितालिका तीजको फेरो पारेर सार्वजनिक गरिएको यस गीतलाई सारथी म्यूजिक प्रा.लि.ले प्रस्तुत गरेको छ ।
गीतको भिडियोमा दिलिप अखेडा र अस्मिता रनपालको रोमाञ्चक नृत्य र अभिनय देख्न सकिन्छ । उमंग फिल्मस् नेपालले दृष्य निर्माण गरेको भिडियोमा कपिल लामाको निर्देशन, सुरेश श्रेष्ठको छायाँकन र शिव पौडेलको सम्पादन रहेको छ ।
भिडियो हेर्न यो लिंकमा क्लिकगर्नुहोस् :











































