#
गृह पृष्ठ मनोरन्जन कुश्मामा १० दिने कृषि तथा पर्यटन महोत्सव आज उद्घाटन हुँदै

कुश्मामा १० दिने कृषि तथा पर्यटन महोत्सव आज उद्घाटन हुँदै

पर्वत– राधाचन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा जेठ ६ गतेदेखि १६ गते सम्म सञ्चालन हुने गरी कृषि पर्यटन महोत्सव सञ्चालन हुने भएको छ । स्व. राधादेवी गुरुङको ८० औंँ जन्मजयन्तिको अवसर पारेर प्रतिष्ठानले १० दिने महोत्सव सञ्चालन गर्न लागेको हो ।कुश्मा बजारको बडागाउँ खेल मैदानमा सञ्चालन हुन गइरहेको महोत्सवको गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आयोजकका तर्फबाट मुल महोत्सव संयोजक शिव उचै ठकुरीले दिएको जानकारी अनुसार विभिन्न विधागत खेलकुद कार्यक्रम सहित राष्ट्रिय कलाकारको उपस्थितिमा रमाइलो मेला सहितको महोत्सव सञ्चालन हुने भएको हो । ठकुरीका अनुसार १० दिन सम्म सञ्चालन हुने महोत्सवमा विशेष गरी पर्वतको कृषि तथा पर्यटनको प्रबद्र्धन गर्ने मुख्य उद्देश्य राखिएको छ । महोत्सवमा जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको दैनिक सांगितिक प्रस्तुति, कृषि तथा पर्यटन प्रबद्र्धनका स्टलहरु, रमाइलोमेला, पर्वत डान्स आइडल लगायतका कार्यक्रमहरु रहेका छन् ।
महोत्सवमा २ सय भन्दा बढी स्टलहरु रहेको र १ सय ६० भन्दा बढी स्टलहरु बुकिङ भइसकेको आयोजकले जानकारी दिएको छ । ६० लाख अनुमानित खर्च हुने गरी सञ्चालन हुन लागेको महोत्सवबाट ७० लाख रुपैँया आम्दानी गर्ने र आम्दानीको रकमबाट सोही खेल मैदान व्यवस्थापन, शौचालय निर्माण लगायतका सामाजिक कार्यहरु गर्ने योजना रहेको आयोजक प्रतिष्ठानका अध्यक्ष लेखबहादुर गुरुङले बताए ।
पत्रकार सम्मेलनका अवसरमा प्रतिष्ठानका प्रमुख संरक्षक नवराज गुरुङले राधादेवी गुरुङ र चन्द्रबहादुर गुरुङको राजनीतिक पृष्ठभूमि र सामाजिक क्षेत्रमा उहाँहरुले पुर्‍याएको योगदानको चर्चा गर्दै सामाजिक क्षेत्रमा नै कार्य गरेर उहाँहरुलाई सम्झिने गरी महोत्सवका आयोजना गरिएको बताउनुभयो । महोत्सव सञ्चालनका लागि स्थानीय प्रशासन समक्ष आधिकारिक रुपमा स्वीकृत लिएर अघि बढिएको बताउँदै स्थानीय व्यावसायी समेतको सहकार्यमा महोत्सव सफल बनाउने अभियानका साथ अघि बढिएको संयोजक ठकुरीले बताउनुभयो ।विहिबार आयोजित पत्रकार सम्मेलनमा पत्रकार महासंघका अध्यक्ष सन्तोष थापाले महोत्सवलाई सफल पार्नका लागि सञ्चार क्षेत्रबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...