#
गृह पृष्ठ मनोरन्जन पर्वतमा सञ्चालनमा आयो नेपालकै पहिलो ‘ग्लास स्काई ब्रिज’ राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्धारा...

पर्वतमा सञ्चालनमा आयो नेपालकै पहिलो ‘ग्लास स्काई ब्रिज’ राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाद्धारा उद्घाटन

पर्वत –  नेपालमा नै पहिलो पटक पर्वतमा सिसाका पाताहरू राखिएको आकाशे पुल सञ्चालनमा आएको छ।
साहसिक खेल जीपलाईन तथा ‘स्काई स्वीङ’ सञ्चालनमा ल्याएको कम्पनी ‘द हार्नेस प्रालि’ ले कालीगण्डकी नदीको सतहबाट दुई सय २८ मिटर उचाइमा पुल निर्माण गरेको हो। सुपर म्यान शैलीमा विश्वकै दोस्रो लामो दाबी गरिएको  जीपलाइन सञ्चालन गरिरहेको कम्पनीले साहसिक खेलका माध्यमबाट जिल्लामा पर्यटकहरूलाई आकर्षित गर्नको लागि सिसाको पुल निर्माण गरेको हो।
कम्पनीका निर्देशक सुनिल बानियाका अनुसार चिनिया प्रविधिमा आधारित भएर चीनबाट नै आयात गरिएको विशेष खालको सिसा राखेर पुलको निर्माण गरिएको छ। पारदर्शी सिसाबाट सिधै तल कालीगण्डकी नदी छ्याङै देखिने विशेषता पुलको रहेको र नेपालमा यस्तो खालको पुल अहिलेसम्म नबनेका कारण पर्यटकहरु ध्यान तानिनेमा आफू विश्वस्त रहेको उनको भनाई छ।
‘कालीगण्डकी नदीको सतहबाट दुई सय २८ मिटरको उचाइमा सिसाको पुलमा हिँडेर आनन्द लिनको लागि आन्तरिक तथा बाह्य पर्यटकहरूको ध्यान तानिन्छ भन्ने हामीलाई लागेको छ,’ बानिया भन्छन्, ‘साहसिक खेलमा रमाउनेहरूको लागि क्लासिक वा सुपर म्यान जीपलाइन सहित स्काई ब्रिजमा हिँडेर प्रकृति नियाल्नुको आनन्द पनि छुट्टै खालको छ।’ पुललाई आम्दानीको रूपमा भन्दा पनि पर्यटकीय आकर्षणको रूपमा अगाडि बढाउने तथा जीपलाईन र स्काई स्वीङ सहित प्याकेजको साहसिक खेलको रूपमा विकास गरिएको छ।
जीपलाईनका सञ्चालक राजकुमार बस्नेतका अनुसार पुलमा टीकटक भिडियो खिच्नका लागि विशेष सुविधाहरू र भौतिक संरचनाहरू निर्माण गरेर आन्तरिक पर्यटकहरूलाई पनि आकर्षणको केन्द्रमा राखिएको छ। ‘स्काई ब्रिज’ मा जानेहरूका लागि प्रतिव्यक्ति तीन सय रुपैयाँ शुल्क तोकिएको छ।उक्त पुलको राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उद्घाटन गरेका छन्। विशेष पूजा गरेपछि तिमिल्सिनाले रिबन काटेर सिसाको पुलमा चढेका थिए। त्यस अवसरमा बोल्दै उनले कुनै बेला हिँडाइको दुःखका कारण भौगोलिक अवस्थालाई धिक्कार्नुपरेको कालीगण्डकी खोचमा अहिले साहसिक खेलहरूले नयाँ फड्को मारेको बताए। प्रकृतिले नै कालीगण्डकी नदीको दुवैतर्फको किनारमा दिएका डर लाग्दा खोँच र भीरमा निर्माण भएका साहसिक खेलका गन्तव्यले पर्वत सदरमुकाम मात्र नभई समग्र जिल्लाको समृद्धिमा सहयोगी भूमिका खेलको उनको भनाई छ।
‘कुनै बलेवाबाट कुश्मा वा यताबाट उता जाँदा सुई सुई गर्दै हिँड्नुपर्ने थियो। यस्तो भीर र खोला नभएको भए त सुख पाइने थियो भन्ने लाग्थ्यो। तर अहिले यही नदी र भीर साहसिक खेलका लागि गन्तव्य बनेका छन्,’ उनले भने, ‘निजी क्षेत्रबाट लगानी गरेर बनाइएका यस्ता ठाउँको प्रवर्द्धनको लागि राज्यले पनि केही गर्नुपर्छ। जोखिमकाबीच भीरमा लगानी गरेर पर्यटक तान्ने लगानीकर्ताहरूलाई हार्दिक धन्यवाद छ।’
‘द हार्नेस प्रालि’ ले कालीगण्डकी नदीलाई दुई ठाउँमा ‘क्रस’ गर्ने गरी १४ सय ८० मिटरको लम्बाइमा सुपर म्यान जीपलाईन सञ्चालन गरिरहेको छ। जीपलाईन, रिसोर्ट, हाइड्रोलिक स्काई स्वीङ र सिसाको पुल निर्माणमा हालसम्म करिब १५ करोड रुपैयाँ लगानी भएको कम्पनीका अध्यक्ष विदुर पौड्यालले बताए।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...