#
गृह पृष्ठ मनोरन्जन अभिनेता पल शाहले आफूमाथि लागेको आरोपको खण्डन गरे

अभिनेता पल शाहले आफूमाथि लागेको आरोपको खण्डन गरे

काठमाण्डाै – अभिनेता पल शाहले आफूमाथि लागेको आरोपको खण्डन गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै पलले आरोपको खण्डन गरेका हुन् । उनले आफूमाथि नियोजित षड्यन्त्र भएको दोहोर्याएका छन् ।कलाकार दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईँले आफूमाथि षड्यन्त्र गरेको उनको आरोप छ ।

उनले लेखेका छन्, ‘म आज केही आफ्नो मनमा लागेको कुरा भन्न जाँदैछु । सायद अहिलेसम्म मलाई हजुरहरू सबैले आफ्नो मनदेखि निकाली सक्नुभएको होला र गालीगलौज पनि गर्दै हुनुहुन्छ होला तर पनि म तपाईँहरू सामु ममाथि गरिएको षड्यन्त्रको बारेमा प्रस्ट्याउन चाहन्छु । केही दिन अगाडि प्रसारित अडियो क्लिपमा ममाथि सुन्न नसकिने खालको कुराहरू गर्नुभयो र जुन आरोप म माथि लगाइएको छ ती सबै नियोजित र षड्यन्त्र पूर्वक ढङ्गले म माथि प्रहार गरिएको छ ।’ उनले प्रमाणस्वरूप आफूसँग भएको अडियो क्लिपसमेत सार्वजनिक गरेका छन् ।

नाबालिगमाथि यौन शोषण गरेको जाहेरी परेपछि उनलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको उजुरी परेको छ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...