#
गृह पृष्ठ मनोरन्जन नेपाल सांस्कृतिक संघद्वारा कला संस्कृति संरक्षण र प्रवर्द्धनका लागि पर्वतमा अन्तरक्रिया ।

नेपाल सांस्कृतिक संघद्वारा कला संस्कृति संरक्षण र प्रवर्द्धनका लागि पर्वतमा अन्तरक्रिया ।

पर्वत – नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सास्कृतिक संघ गण्डकी प्रदेशको आयोजनामा गण्डकी प्रदेशमा प्रचलित लोककला लोक कथा तथा संस्कृति संरक्षण सम्बन्धि अन्तरकृया कार्यक्रम पर्वतमा सम्पन्न भएको छ ।
पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङका कलाकर्मीहरु सहभागी रहेको कार्यक्रममा धौलागिरी क्षेत्रका लोक कला संस्कृति संरक्षण सम्बर्द्धन बारे चर्चा गरिएको थियो ।कार्यक्रममा गण्डकी प्रदेश सरकारका कानुन,संचार तथा प्रदेश सभा मामिला मन्त्री माननीय बिन्दु कुमार थापाले धौलागिरी क्षेत्र तथा समग्र गण्डकी प्रदेश कला संस्कृतिको उर्वर भुमी रहेको बताउँदै यिनै संस्कृतिलेनै पहिचान बढाउने बताउनुभयो । मन्त्री थापाले कला संस्कृतिको संरक्षण र प्रवर्द्धनमा गण्डकी प्रदेश संधै लागेको बताउनुभयो ।कार्यक्रममा प्रमुख प्रशिक्षक डाक्टर कुस्माखर न्यौपानेले गण्डकी क्षेत्रमा प्रचलित लोक गीत, लोक गाथाका बारेमा चर्चा गर्नुभएको थियो । डाक्टर न्यौपानेले गण्डकी प्रदेशको समग्र मौलिक कला संस्कृतिको बारेमा जानकारी गराउँदै संरक्षणमा सबै एकबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा नेपाली कांग्रेसका नेता पुर्व पार्टी सभापति नेता नवराज गुरुङले कला संस्कृति पहिचान देशको महत्त्वपूर्ण गहना भएकाले जोगाउन सबै लाग्नुपर्ने बताउनुभयो । नेता गुरुङले संस्कृति संरक्षण प्रवर्द्धनमा नेपाल साँस्कृतिक संघको अभियानको प्रसंसा गर्दै कलाकर्मीको साथमा आफु संगै रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल साँस्कृतिक संघका केन्द्रिय उप सभापति जनार्दन शर्मा, महामन्त्री दुर्गा रायमाझी, विमलराज क्षेत्री, नेपाल सांस्कृतिक संघका गण्डकी प्रदेश संयोजक चोलेन्द्र पौडेल, सांस्कृतिकसंघका पुर्व सहमहामन्त्री कृष्ण गुरुङ, नेपाली कांग्रेस पर्वत प्रदेश ख का सचीव ठाकुर रसाईली, नेपाल सांस्कृतिक संघ म्याग्दी जिल्ला अध्यक्ष धन कुमारी थापा लगायतले आफ्नो धारणा राखेका थिए ।कार्यक्रममा हालै सक्किएको रियलेटी सो सारेगमप लिटिल च्याम्पमा अन्तिम फाइनलमा पुगेका पर्वतका अरुन सुनारलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।धौलागिरी क्षेत्रबाट सहभागी कलाकारहरुले, मौलिक गीत, भजन, चुड्का, नित्य कथा गाथा प्रस्तुत गरेका थिए ।नेपाल सांस्कृतिक संघ पर्वत जिल्ला अध्यक्ष हरि नारायण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन कार्यक्रम संयोजक तथा कलाकार आर.सी पौडेलले गर्नुभएको थियो ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...