#
गृह पृष्ठ मनोरन्जन दोहोरी गायक चित्र सागरको दारी पालेको गित टिकटकमा भाइरल

दोहोरी गायक चित्र सागरको दारी पालेको गित टिकटकमा भाइरल

पर्बत – लामो समय देखि साङ्गीतिक यात्रामा लागेका चित्र सागर श्रेष्ठले  बजारमा दारी पालेको गित ल्याएका छन् । विश्वको जुन सुकै ठाउँबाट पनि हेर्न मिल्ने गरी युट्युवमा गित राखेको आफ्नो ब्यक्तिगत फेसबुक बाट श्रेष्ठले जानाकारी गराएका छन् ।बाल्यकाल देखिनै साङ्गीतिक यात्रामा लागेका श्रेष्ठ लाइभ दोहोरीमा प्रखर मानिदै आएका छन् । २०५८ सालमा मस्र्याङ्दीमा पुल बोलको एल्बम पहिलो पटक बजारमा ल्याएको श्रेष्ठले बताए । उनी भन्छन् – “कसैलाई रक्सिको नसा लाग्छ तर मलाई सानै उमेरबाट नै गित संङ्गितको नसा लाग्यो । धेरै कलाकारहरु घर,गाडी जोड्न सम्म भ्याए तर म एउटा त्यस्तो ब्यक्ति होला संगितको मोहले घर,बास बिहिन जस्तै पनि भए कुनै बेला” । गायक तथा सर्जक श्रेष्ठ २०६७,६८ सालमा गण्डकी माछापुच्छ्रे वेस्टन युनियन लोक दोहोरी ताराको बिजेता समेत हुन् ।
सकिन मौरी झै डुल्छु भनेनी, भट्टी खोलेर जस्ता थुप्रै गितहरु बजारमा ल्याइसकेका श्रेष्ठले शनिबार फेरी दारी पालेर गित नेपाली साङ्गीतिक बजारमा ल्याएका हुन् । यो गितले खास गरी माया प्रेम र साथि भाइको देखा सिकी गर्ने प्रवृतिलाई दर्साउन खोजेको छ । गितमा आफ्नै आवाज भरेका छन् भने महिला आवाज देवी घर्तिको छ । समुन्द्र गिरीको लयमा कुमार केसिले यो गितलाई निर्देशन गरेका छन् । गण्डकी प्रदेशको राजधानी पोखरा लगायत यसै प्रदेशको विभिन्न ठाउँको मनोरम दृश्य यो गितको भिडियोमा देख्न सकिन्छ ।

हेर्न यहाँ जानुस

 

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...