विकास राज पौडेल पर्वत
राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल पर्वत शाखाको को प्रथम जिल्ला भेला प्रमुख अतिथि राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष प्रजापति पराजुलीको उपस्थितीमा पर्वतको कुस्मामा सम्पन्न भएको छ ।विशिष्ट अतिथी पर्बत उधोग बाणिज्य सघंका अध्यक्ष गोपि अधिकारी,प्रेश चौतारी पर्वतका अध्यक्ष तथा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका केन्दि«य सदस्य कृष्ण अखेली, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका प्रदेश सदस्य तथा गायक सुदिप क्षेत्री, कलाकार तथा पत्रकार अर्जुन थापा, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका पर्वत जिल्ला सदस्य, कलाकार तथा पत्रकार विकास राज पौडेल लगायतको उपस्थितीमा राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल पर्वत शाखाको झलक शर्मा पौडेलको अध्यक्षतामा नया कार्यसमिती गठन गरिएको छ ।
समितीको क्रमश,बरिस्ठ उपाध्यक्ष कृष्ण राज पौडेल, महिला उपाध्यक्ष इन्दिरा तिवारी, खुला उपाध्यक्ष कृष्ण कडेल ,(डन्ड कंडेल), सचिव ठाकुर प्रसाद पौडेल , कोषाध्यक्ष सरस्वती भण्डारी सरु, सदस्य हरु विकास राज पौडेल,पं ओम प्रसाद उपाध्याय, खेमराज लामिछाने ,गणेश लामिछाने,क्षेत्र वहादुर क्षेत्री,शेषराज सुवेदी, रमेस प्रसाद शर्मा,नेत्रनाथ वास्तोला, पिताम्वर पौडेल,इश्वरी प्रसाद आर्चाय, टिकाराम वैरागी, गणेश पाण्डे, तारा प्रसाद पौडेल,गोविन्द प्रसाद भुशाल,टुकनाथ तिवारी, दान वहादुर क्षेत्री,केदारनाथ शर्मा, शंकर प्रसाद रिजाल ,विष्णु प्रसाद सुवेदी,राम प्रसाद वास्तोला चयन भएका छन भने वरिष्ठ सल्लाहकारमा लोकनाथ आचार्य,पृथ्वी नारायण शर्मा,मान कुमारी गिरी,गोपि अधिकारी,खुमानाथ रिजाल,कृष्ण प्रसाद श्रेष्ठ ,हेम शर्मा पौडेल,रहेका छन ।

कार्यक्रममा वोल्दै पर्बत उधोग बाणिज्य सघंका अध्यक्ष गोपि अधिकरीले मेला महोत्सवमा भजन लाई प्राथमिकता दिने ,कला सस्कृती जोगाउनु पर्ने भन्दै अभियानमा लाग्नु भयेको मा धन्यवाद प्रकट गर्दै आफ्नो साथ रहने बताउनु भयो ।
त्यस्तै केन्द्रिय अध्यक्ष प्रजापति पराजुलीले दोहोरी गाउने कलाकार लाई हेर्ने दृस्ठिकोण लाई परिबर्तन गर्ने अठोट गरेर हिडेको र अहिले २० लाख पुरस्कार को दोहोरी प्रतियोगिता गर्न सफल भएको भन्दै विशेष गरि भजन गाउने अग्रजहरुलाइ सम्मान र कला सस्कृतिलाइ जोगाउने उदेश्यले आफु हिडेको र अहिले सम्म ४२ जिल्लामा सङ्ठन बिस्तार भैसकेको वताउनुभयो । उत्त कार्यक्रमको सञ्चालन राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका केन्दि«य सदस्य कृष्ण अखेलीले गर्नुभएको थियो ।











































