बागलुङ- पुस २६ देखि माघ ४ गतेसम्म बागलुङको जैमिनी नगरपालिकाको कुश्मिसेरा स्थित दुर्लेवेशीमा हुने महोत्सवमा तयारी तिब्र रुपमा अगाडि बढेको छ।सहारा क्लव कुश्मिसेराको आयोजना र जैमिनी नगरपालिकाको मुख्य सहयोगमा कुश्मिसेरा बजारमा हुने दोस्रो जैमिनी महोत्सवमा १ लाख ५० हजार रुपैयाँ पुरस्कार राशीको खुल्ला पुरुष मेयर कप भलिवल प्रतियोगिता आयोजना गएिको छ । प्रतियोगिताको द्वित्तीय पुरस्कार ८० हजार रुपैयाँ, तृतीय पुरस्कार ३० हजार रुपैयाँ र सान्तवना पुरस्कार २० हजार रुपैयाँ रहेको छ ।भलिबल प्रतियोगितामा धेरै टिमले समपर्क गरेको छन योपाली भलिबलले सबै दर्शकको बिगत भन्दा धेरै मन जित्ने आयोजकको दाबी छ।
यस्तै महोत्सवकै अवसरमा ३५ हजार रुपैयाँ राशीको खुल्ला उप मेयर कप महिला भलिवल प्रतियोगिताको पनि आयोजना गरिएको छ । प्रथम जैमिनी महोत्सवमा नभएको यो प्रतियोगिता यस बर्ष राख्न लागिएको क्लवका अध्यक्ष सुनारले जानकारी दिनुभयो । खुल्ला उप मेयर कप महिला भलिवल प्रतियोगिताको द्वित्तीय पुरस्कार १७ हजार, तृतीय पुरस्कार ८ हजार र सान्तवना पुरस्कार ५ हजार रुपैयाँ रहेको छ ।











































