गृह पृष्ठ खेलकुद सेन्ट्रल जोन भलिबलको विजेता टोलीका खेलाडीलाई सरकारले जनही ५ लाख रुपैयाँ दिने

सेन्ट्रल जोन भलिबलको विजेता टोलीका खेलाडीलाई सरकारले जनही ५ लाख रुपैयाँ दिने

काठमाण्डाै – सरकारले एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेको राष्ट्रिय महिला टाेलीका सदस्यलाई पाँच लाख रुपैयाँका दरले पुरस्कार दिने भएको छ । बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले उपाधि विजेता टोलीका १२ जना खेलाडीलाई पाँच/पाँच लाख रुपैयाँ, प्रशिक्षकलाई तीन लाख र अफिसियललाई दुई लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो । खेलाडीलाई नगद पुरस्कार दिने प्रस्ताव युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले गर्नुभएको थियो । बङ्गलादेशकाे ढाकामा हिजो मङ्गलवार भएको फाइनलमा नेपाली महिला टोलीले उज्वेकिस्तानलाई तीन–दुईको सेटमा हराउँदै उपाधि जितेको थियो ।

छुटाउनुभयो कि?

जिते पदमपाणीले!उपमेयर लाई धक्का,फलेवासको केन्द्र झकलकमा पक्का।

पर्बत-फलेवास नगरपालिकाको भवन सार्ने निर्णय कार्यान्वयन हुने भएको छ । सर्बोच्च अदालतको आदेश अनुसार साविकको स्थान खानीगाउँ स्थित सिँचाई कार्यालय बाट झकलकमा सर्ने भएको...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

१९ बर्षिय किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतमा युवा पक्राउ

पर्वत,७  मंसिर-१९ बर्षिय एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतको मोदी गाउँपालिका बस्ने ३२ बर्षका दिपक परियारलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणीको...

एकै दिनमा टिकटक र युटुबमा चर्चामा कस्तुप पन्त भन्छन ‘जिन्दगी पानीको फोका । के रैछ हेर्नुस्’ रामजी र मालतीको दमदार अभिनय भिडियोसहित

काठमाडौँ,२३ असोज - लोकप्रिय गीतकार तथा सर्जक कस्तुप पन्तको 'जिन्दगी पानीको फोका...' सार्बजनिक भएको छ । गीतसंगीत क्षेत्रमा एक युग बिताइसकेका पन्तको लय तथा शब्दमा...

काेराेना संक्रमणबाट अमलाचौरमा एक जनाको ज्यान गयो!!

बागलुङ-काेराेना संक्रमणबाट बागलुङमा थप एक जनाकाे मृत्यु भएकाे छ । बागलुङ नगरपालिका वडा नम्बर १२ अमलाचौरकी ७० वर्षीया कोरोना संक्रमित महिलाको उपचारका लागि अस्पताल...