#
गृह पृष्ठ प्रवास काेराेना सङ्क्रमण दर बढेपछि दिल्लीमा ' रात्रिकालीन कर्फ्यु,विद्यालय तथा कलेज बन्द हुने

काेराेना सङ्क्रमण दर बढेपछि दिल्लीमा ‘ रात्रिकालीन कर्फ्यु,विद्यालय तथा कलेज बन्द हुने

काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमण दर बढेकाले भारतको राजधानी नयाँ दिल्लीमा ‘यलाे अलर्ट’ जारी गरिएको छ । लगातार तीन दिनसम्म कोरोना भाइरसको सङ्क्रमण दर ० दशमलव ५ प्रतिशतको दरले बढेमा ‘यलाे अलर्ट’ जारी गरिन्छ ।मङ्गलवार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ‘यलाे अलर्ट’ जारी गरिएको घोषणा गर्नुभएको हो । ‘यलाे अलर्ट’ जारी गरेसँगै अब दिल्लीमा रातिको समयमा कर्फ्यु लगाइएको छ । यस्तै विद्यालय तथा कलेज बन्द हुने भएका छन् । अत्यावश्यक सामानको पसल मात्र समय मिलाएर खोल्ने र सार्वजनिक गाडीमा सिटको आधा सङ्ख्यामा यात्रु राखेर मात्र चलाउन पाइने भएको छ ।  दिल्लीमा अब राति १० बजेदेखि बिहान ५ बजेसम्म रात्रिकालीन कर्फ्यु लागू हुनेछ । यस्तै शपिङ कम्प्लेक्स र अरू सामानको पसल बिहान १० बजेदेखि राति ८ बजेसम्म मात्रै खोल्न पाइनेछ । सिनेमा हल, जिमखाना, योगशाला र पार्क बन्द रहने दिल्ली सरकारले जनाएको छ ।मुख्यमन्त्री केजरीवालले भिड बढिरहेमा र ‘काेभिड प्राेटाेकल’ काे पालना नगरेमा सरकारले बाध्य भएर बजार बन्द गर्ने बताउनुभएकाे छ । ‘यसअघि भन्दा अहिले हामी धेरै तयार भएका छाैँ । हामी काेही पनि बिरामी नहाेस् भन्ने चाहन्छाैँ । त्यही कारण हामी तपाईँहरूलाई मास्क लगाउन भनिरहेका छाैँ, हामी जिम्मेवार हुनुपर्छ’, उहाँले भन्नुभएकाे छ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...