#
गृह पृष्ठ जीवनशैली जाडाेकाे समयमा आगाे ताप्दा, हिटर बाल्दा, गिजर प्रयाेग गर्दा यसाे गराैँ सुरक्षित...

जाडाेकाे समयमा आगाे ताप्दा, हिटर बाल्दा, गिजर प्रयाेग गर्दा यसाे गराैँ सुरक्षित बनौ

काठमाण्डाै – जाडोको समयमा आगो ताप्दा, हिटर बाल्दा वा गिजरको प्रयोग गर्दा विभिन्न सावधानी अपनाउन सरकारले आग्रह गरेको छ ।

जाडोयाममा शरीर र कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्ने लगायतका उपाय अपनाउँदा पर्याप्त सावधानी अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको हो । हावा ओहोरदोहोर  हुने ठाउँ वा कोठामा मात्र आगो ताप्न, हिटर बाल्न वा गिजर प्रयोग गर्न मन्त्तालयले आग्रह गरेको छ ।

यस्तै कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न पनि मन्त्रालयले आग्रह गरेको छ । आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न र आगो तापिसकेपछि त्यसलाई पूर्ण रूपमा निभाउन  मन्त्रालयले आग्रह गरेको छ ।

यस्तै हिटरको प्रयोग गर्दा समय समयमा चलिरहेको हिटरलाई बन्द गर्ने र सुत्नुअगाडि अनिवार्य रूपमा हिटर बन्द गर्न, गिजरको मुख्य मेशिनलाई बाथरुम बाहिर खुला ठाउँमा जडान गर्न र गिजर खोलेर लामो समयसम्म बाथरुममा नबस्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

सावधानी नअपनाउँदा विभिन्न खालका अप्रिय घटना हुने गरेका भन्दै मन्त्रालयले जाडोको समयमा न्यानो हुनका लागि प्रयोग गरिने सामग्रीको प्रयोग सावधानीपूर्वक गर्न आग्रह गरेको हो ।

छुटाउनुभयो कि?

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...