पर्वत – जाडो याम शुरु भएपछि भन्ने एउटा कथन छ ः दुखिका दिन गए, धनिका दिन आए । अहिले त्यस्तै याम हो । जताततै चिसो बढेको छ । चिसोका कारण गरिब, विपन्न र दलित समुदायका नागरिकहरु प्रताडित बनेका छन्।
चिसो मौसमवाट प्रभावित परिवारलाई मध्यनजर गर्दै पर्वतमा न्यानो कपडा वितरण अभियान थालिएको छ । जिल्लामा सामाजिक सेवामा सक्रिय लायन्स क्लब अफ पर्वत गुप्तेश्वर र नमुना स्काउट ट्रपको संयुक्त आयोजनामा न्यानो कपडा वितरण गर्न थालिएको हो । शुक्रवारदेखि बजारका उद्योगी, व्यावसायी तथा अन्य बासिन्दाहरुसँग पुराना र सफा कपडा संकलन गर्ने र विपन्न तथा असहाय नागरिकलाई वितरण गर्ने अभियान थालिएको लायन्स क्लव अफ पर्वत गुप्तेश्वरका अध्यक्ष अर्जुन पौडेल निर्जनले बताउनुभयो ।
शुक्रवार पहिलो दिन झण्डै चार बोरा कपडा संकलन गरिएको छ । सिरक, डसना, स्वीटर, ज्याकेट, ब्लांकेट, टाउजर, ट्रयाकसुट, जुत्ता, मोजा लगायत लगाउने र ओढ्ने ओछ्याने कपडाहरु समेत संकलन गरिएको छ ।
संकलित कपडाहरु आज सदरमुकामको मैत्रीचोक स्थित मेघा बैंक नजिकैवाट वितरण गरिने भएको छ । आज विहान ११ बजेदेखि उक्त कपडा आवश्यक पर्ने विपन्न र असहायहरुले लैजान सक्ने भएका छन् ।
जो आफै किनेर न्याना लुगा लगाउन र न्यानो ओछ्यानमा सुत्न सक्दैनन् उनिहरुका लागि यो अभियानले ठुलो सहयोग पुग्ने कुश्मा नगरपालिका वडा नं. ७ का अध्यक्ष सुवासचन्द्र पौडेलले बताउनुभयो । यो अभियानमा उक्त वडाको पनि सहकार्य रहेको छ
जाडो महिना शुरु भएपछि विपन्न, दलित, र मजदुरहरुका परिवारहरु प्रभावित हुने गरेका छन् । चिसोवाट हुने संक्रमणदर समेत उनिहरुमा बढेको अस्पताल तथा क्लिनिकहरुको तथ्यांकले देखाएको छ । त्यसैले उनिहरुको हितलाई मध्यनजर गर्दै अभियान थालिएको अध्यक्ष पौडेलले बताउनुृभयो ।
न्यानो कपडा संकलन तथा वितरण अभियान जाडो यामभरी निरन्तर संचालन गरिने भएको छ । पहिलो चरणमा सदरमुकाम र त्यसपछि पालिका स्तरमा पुगेर संकलन तथता वितरण गरिने भएको छ । अभियानमा उद्योगी, व्यावसायि तथा बजारवासी नागरिकले स्वतः स्फुर्त रुपमा पुराना तथा सफा र पुनः प्रयोग गर्न सकिने कपडाहरु सहयोग गरेको क्लवले जनाएको छ
जाडो मौसममा आर्थिक अभाव कमजोर भएका बिपन्न असाहाय व्यक्तिहरुलाई चिसोबाट सुरक्षित राख्न क्लबले न्यानो कपडा संकलन गरि बितरण गर्ने अभियान थालनी गरेको क्लवका अध्यक्ष पौडेलको भनाई छ । ‘पुनः प्रयोग गर्न मिल्ने खालका सफा कपडाहरु क्लबले संकलन गदै आएकोले बजारवासीहरुलाई त्यस्ता कपडा सहयोग गर्न समेत अपिल गरिएको छ ।
पर्वतमा विपन्न र असहायलाई न्यानो कपडा वितरण अभियान शुरु











































