विकास राज पौडेल कुस्मा पर्वत
विगतका वर्षमा जस्तै यो वर्षमा पनि हरिवोधनी एकादशीको अवसर पारेर वौद यूवा क्लव लामे दुक्तानले भलिवल प्रतियोगिता सँगै विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ,
यहि कात्तिक २८ गते देखि कार्यक्रमहरु सुरु हुनेछन । खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता को दर्ता २८ गते गरिने छ ।दर्ता शुल्क रु ४००० चार हजार रहेको छ । प्रथम पुरस्कार रु ५५ हजार ट्रफी मेडल र प्रमाणपत्र दृतिया पुरस्कार रु ३० हजार ट्रफी मेडल र प्रमाणपत्रतृतीय पुरस्कार रु १५ हजार ट्रफी मेडल र प्रमाणपत्र रहेको छ, टाढाको खेलाडीलाई खाना बस्नको सुबिधा होमस्टे द्वारा गरिने भएको छ, साथमा २९ गते राष्ट्रिय कलाकार संगै स्थानीय सालैजो तथा लोकभाका सहित बेजोड प्रस्तुती रहने छ l
खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको मुख्य प्रायोजन प्रथम पुरस्कार (रू ५५,०००।( र द्वितीय पुरस्कार(रू ३०,०००।( बाबा दुत्त बहादुर गुरुङ तथा आमा हरिमाया गुरुङ दुक्तान धारामाथी को नाम बाट युवराज गुरुङ सन्तुले प्रायोजन गरिदिनु भएको छ। तृतिय पुरस्कार बिनोद खनाल दुक्तान खनालथर हाल जापान वाट प्रायोजन गरिदिनु भएको छ











































