#
गृह पृष्ठ मनोरन्जन सा रे ग म प लिल च्याम्प्स भिडिरहेका पर्वतका अरुणलाई जिताउन अभियान...

सा रे ग म प लिल च्याम्प्स भिडिरहेका पर्वतका अरुणलाई जिताउन अभियान सुरु ।

पर्वत- ग्यालेक्सी फोर के टेलीभिजनबाट प्रशारण भइरहेको सा रे गम म प लिल च्याम्प्स नेपालमा भिडिरहेका पर्वतका १३ वर्षिय अरुणलाई जिताउनको लागि अभियान सुरु भएको छ । पर्वतको मोदी गाउँपालिका–४, क्याङ घर भई सदरमुकाम कुश्मा स्थित पर्वत गुरुकुल एकेडेमीमा कक्षा ८ मा अध्ययनरत सुनार च्याम्प्सका बलिया प्रतिस्पर्धी हुन् । सानै ६÷७ वर्षकै उमेरमा संगीत साधनामा लागेका उनी दर्शक र जजहरुबाट समेत निकै मन पराइएका कलाकार हुन् । काठमाडौँमा भएको अडिसन राउण्डमा गोल्डन माईक नै हात पारेका अरुणलाई जिताउनको लागि उनको परिवारको तर्फबाट अभियान सुरु भएको हो । अहिले टप १५ भित्र रहेका अरुणको स्वर निकै राम्रो भएको भए पनि जजले मात्र नभई दर्शकको भोट पनि निर्णायक रहेका कारण उनलाई बिजेता बनाउनको लागि अभियान सुरु भएको हो । प्रतिस्पर्धामा टप १५ बाट नै भोटीङ सिस्टम राखिएका कारण आगामी यात्राको निरन्तरताको लागि जनताको भोट चाहिने भएकाले अभियानको थालनी गर्नुपरेको अरुणकी सानीमा पुजा सुनारले पर्वतमा मंगलवार बिहान भएको पत्रकार भेटघाट कार्यक्रममा बताईन् । अरुणको परिवारको आर्थिक अवस्था कमजोर रहेको तथा उनका बुबा रोजगारीको शिलशिलामा विदेशमा र आमा अरुणकै साथमा रहेका कारण आफन्तहरुले नै उनको लागि अभियान चलाएका हुन् । पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सानीमा सुनारले अरुण पर्वतको लागि गहना भएको बताउँदै सबैको साथ मिलेमा यस लिल च्याम्प्स् पहिलो चरणको उपाधि नै पर्वतमा आउने विश्वास व्यक्त गरिन् । परिवारका सदस्यले मात्र अभियान थाल्दा त्यसको उपलब्धी कम हुने भएकाले समग्र जिल्लाबासीलाई नै यस अभियानमा जोडिन उनले अनुरोध गरिन् । पत्रकार भेटघाट कार्यक्रमा अरुणका सानाबुबा सुरज सुनार, पत्रकार गणेश पौडेल, अगन्धर तिवारी, कलाकार कृष्ण अखेली, आर.सी पौडेल (रामचन्द्र), रोशन तिवारी लगायतले अरुणका लागि मिडियाका तर्फबाट गर्न सकिने र अभियानका दौरान गर्न सकिने विभिन्न कार्यक्रमहरुको बारेमा सुझाव राखेका थिए ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...