पर्वत । यहाँका युवाहरुले पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धि खारेज गर्न माग गरेका छन् । पर्वत जिल्लामा विभिन्न पेशा, व्यवसाय र अध्ययन हुँदै सामजिक कार्यमा सक्रिय युवाहरुको समुहले जिल्ला प्रशासन कार्यालय पर्वत मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धि खारेज गर्न माग गरेका हुन् ।

टोलीका संयोजक एवम् सामजिक युवा अभियान्त सौगत शर्माको नेतृत्वमा जिल्ला प्रशासन पुगेको टोलीले पेट्रोलिय पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल खारेज नगरिए यो निर्णयको विरुद्धमा कडा प्रतिवाद गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
उनले भने,‘हामी कुनै दल वा संस्था मार्फत आएका होईनौँ, हामी विद्यार्थी देखी विभिन्न पेशा र सामजिक कार्यमा सक्रिय छौँ, यो हाम्रो मात्रा समस्या होईन ,समग्र नेपालीहरुको समस्या भएकाले ज्ञापन पत्र मार्फत प्रधानमन्त्रीको ध्यान पुगोस् ।,’

नेपाली जनताले उत्साह र ढाका साथ मनाउने विभिन्न चाडपर्वहरु नजिकिएको समयमा नेपाल आयल निगमद्वारा गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुने अवस्था सिर्जना हुने भन्दै निगमका निर्णयप्रति खेद र आपत्ति समेत प्रकट गरेको छ ।
‘कोभिड–१९ का कारण लामो समय देखि अप्ठ्यारो भोगी रहेका नेपाली जनताको ढाड सेक्ने गरी कोही कसैबाट पनि भएका निर्णय हामीलाई मान्य हुने छैन, त्यसैले सरकारले हस्तक्षेप गरी तत्काल आयल निगमले गरेको मूल्य खारेज गर्न जोडदार माग गर्दछौं ।
।,’ विज्ञाप्तिमा भनिएको छ ।
नेपाल आयल निगम भित्रको बेथिति, अनियमितता र भ्रष्टाचारलाई छानविन र नियन्त्रण गर्न माग गरेका छन् ।











































