#
गृह पृष्ठ प्रवास सुँगुरकाे मिर्गाैलाले काम गर्‍यो ,मानिसमा 'सफल प्रत्याराेपण'

सुँगुरकाे मिर्गाैलाले काम गर्‍यो ,मानिसमा ‘सफल प्रत्याराेपण’

काठमाण्डाै – अमेरिकाको एक मेडिकल टिमले सुँगुरको मिर्गौला मानिसमा सफलतापूर्वक प्रत्यारोपण गरेको छ ।

अमेरिकाको युनिभर्सिटी अफ लाङ्गोनका डाक्टरको टोलीले सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण गरेको र यसले अस्थायी रुपमा काम गरिरहेको समाचार संस्था एएफपीले जनाएको छ । यस प्रक्रियालाई नेतृत्व गर्ने डाक्टरले यसलाई ‘सम्भावित चमत्कार’ बताउनुभएको छ ।

यो शल्यक्रिया गएको वर्षको सेप्टेम्बर २५ मा भएको थियो । जसमा एक अनुवांशिक रूपबाट संशोधित दाता जनावर र एक ब्रेन डेड (मष्तिष्क मृत) रोगी सहभागी थिए । ती व्यक्तिका परिवारले विज्ञानको प्रयोगका लागि दुई दिनको अनुमति दिएका थिए ।

न्युयोर्क विश्वविद्यालय लेङ्गोनमा ट्रान्सप्लान्ट इन्स्टिच्युटका निर्देशक रोबर्ट मोन्टगोमरीले एक साक्षात्कारमा एएफपीसँग भन्नुभयो, ‘मिर्गौलाले ठिक त्यसरी नै काम गर्यो जसरी गर्नुपर्ने थियो । मिर्गाैलाले फोहर हटायो र मूत्र बनायो ।’ झन्डै दुई घण्टासम्म चलेको शल्यक्रियामा डाक्टर रोबर्टलाई उहाँका अरू साथीले सहयोग गरेका थिए ।

बेलायतको बर्मिङ्घम विश्वविद्यालयका एक डाक्टर हाइनेक मर्जेन्टलले यो समाचार जेनोट्रान्सप्लान्टेशन क्षेत्रमा महत्त्वपूर्ण वैज्ञानिक उपलब्धि भएको बताउनुभएको छ । यसको पुष्टि भए यो अङ्ग प्रत्यारोपणको क्षेत्रमा एक ठूलो कदम हुने र यसले अङ्गको कमीलाई पूरा गर्न पनि मदत गर्ने उहाँले बताउनुभयो ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...