#
गृह पृष्ठ मनोरन्जन पर्वतमा १२ वर्षपछि जनसांस्कृतिक महासंघ नेपाल पुर्नगठन, अध्यक्षमा गदाल

पर्वतमा १२ वर्षपछि जनसांस्कृतिक महासंघ नेपाल पुर्नगठन, अध्यक्षमा गदाल

नेकपा एमाले निकट जनसाँस्कृतिक महासंघ नेपाल पर्वत जिल्ला कार्यसमिति पुर्नगठन गरिएको छ । झण्डै १२ वर्षपछि आयोजित भेलाले दिपक गदालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सरिता भण्डारी सरु, सचिबमा सन्तोष पौडेल, सहसचिबमा राजकुमार विक र कोषाध्यक्षमा वर्षा श्रेष्ठ रहनुभएको छ
त्यसैगरी कुश्मा नगरपालिकाको संयोजकमा रमेश श्रेष्ठ, फलेवासको मनोज पौडेल, मोदीमा समिर मल्ल, जलजलामा रमेश विक्रम रत्न र महाशिलामा धनसुवा विक रहनुभएको छ । त्यसैगरी जनसंगित विभागमा भिमराज परियार, जनसाहित्य विभागमा रामचन्द्र भुसाल, जननाट्य विभागमा राम श्रेष्ठ, ललितकला विभागमा अमृत रिजाल र जनचलचित्र विभागमा चन्द्र विक, सामाजिक तथा साँस्कृतिक विभागमा ज्योती गुरुङ रहनुभएको छ । महासंघका जिल्ला सदस्यहरुमा अस्मी गौतम, भिमा परियार, मन्जु विक, कृष्ण कडेल, महेश भुसाल, किशोर शर्मा, इन्द्रबहादुर घिमीरे, किरण भण्डारी, अमृत रिजाल, विष्णुप्रसाद शर्मा, केदार सुवेदी, दिपेश विक, विकाशराज पौडेल, बसन्त चापागाई, सन्देश शर्मा, विक्रम विक, लक्ष्मण विक, सुरेश परियार र नबराज गिरी रहनुभएको छ ।यस अघि आयोजित उद्घाटन कार्यक्रममा बोल्दै नेकपा एमाले पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य पदम गिरीले यो मुुलुकको भविष्य निर्माण नेकपा एमालेले मात्रै गर्न सक्ने बताउनुभएको छ । मुलुकका अन्य जतिसुकै दलले गठवन्धन बनाएपनि मुलुकको हितको निम्त केहि गर्न नसक्ने भन्दै सरकार बनेको साढे २ महिनासम्म मन्त्रीमण्डल विस्तार गर्न नसक्ने सरकारसँग अरु कुनै अपेक्षा गर्न नसकिने बताउनुभयो । यो सरकार आफुले नयाँ काम गर्नु भन्दा पनि ओली नेतृत्वको सरकारले गरेका जनमुखि काम बिगार्न बनेको बताउँदै पाँच दलिय गठवन्धन धरापमा परिसकेको बताउनुभयो । उहाँले यो गठवन्धन लामो समय नटिक्ने समेत ठोकुवा गर्नुभएको छ । सांसद गिरीले नेकपा एमालेले कारवाहि गरेका १४ जना सांसदलाई निलम्वन नगरेसम्म संसदको अवरोध नहट्ने समेत स्पष्ट पार्नुभएको छ ।कार्यक्रममा जनसांस्कृतिक महासंघका केन्द्रीय सचिबालय सदस्य मनकुमार श्रेष्ठ, जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बि पौडेल, एमाले प्रदेश कमिटि सदस्य मेघनाथ सुवेदी, जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य सुवास मल्ल, जीवन दाहाल, राजेन्द्र सापकोटा, नेकपा एमाले पर्वतका उपाध्यक्ष भक्त कुँवर, सचिब पदमपाणी शर्मा, उपसचिब गोविन्द पहाडी, प्रेस चौतारी पर्वतका अध्यक्ष गणेश गिरी लगायतले बोल्नुभएको थियो ।जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य तथा पर्वतका इन्चार्ज कृष्ण अखेलीको अध्यक्षता तथा स्वागतमा सम्पन्न कार्यक्रमको संचालन दिपक गदालले गर्नुभएको थियो । सो अवसरमा निवर्तमान अध्यक्ष स्वर्गिय मानजीत सुरागमको परिवारलाई सम्मान पनि गरिएको थियो

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...