#
गृह पृष्ठ जीवनशैली वावु आमा नभएका लिमिठानाका ४ वालवालिकाको विचल्ली,सक्दो सहयोग गर्न आग्रह

वावु आमा नभएका लिमिठानाका ४ वालवालिकाको विचल्ली,सक्दो सहयोग गर्न आग्रह

विकास राज पौडेल कुश्मा पर्वत

पर्वतको फलेवास नगरपालिका ७ लिमिठाना चिद्रीखोलाका नेपाली परिवारका ४ वालवालिका समस्यामा परेका छन । विगत केहि वर्षदेखी स्थानिय १जना पंडितको घरमा चिद्रिखानीवाट आएर आश्रय लियर वसेको परिवार अहिले आएर समस्यामा परेको स्थानिय शिक्षक आत्माराम शर्माले जानकारी दिनुभयो । २ छोरा १ छोरी रहेको गोपिलाल,र माया नेपालीको परिवारमा ५ वटा वालवच्चाहरु रहेका थिए। १ जना छोरा जन्मजात अपाङग नवोल्ने र कान पनि नसुन्ने थिए । तर परिवारमा एकाएक दैवले परिवारको खुसी सवै लुट्यो । धन कमाउन विदेश गएको छोराको क्यान्सरवाट मुत्यु भयो भने दिनभरी मजदुरी गरेर परिवार पाल्दै गरेका घरमुली गोपिलालको हृदयघातका कारण निधन भयो ।२ ओटि वुहारी पनि घर छाडेर १ वच्चा संगै लिएर अरु संगै पोईला हिडे, अहिले घरमा ४ जना वच्चा ४ देखि १२ वर्ष सम्मका र एउटा लाटो छोरो लिएर माया नेपाली दुख कष्टसाथ वस्नुभएको छ । छोराको उपचार गर्दा ९,१० लाख ऋण लाग्यो अहिले न छोरा वाच्यो न श्रीमान,साथमा हुनुहुन्छ । आफ्नो घर जग्गा पनि छैन आएर छोड भन्दा वसेको घर पनि छोडेर हिड्नुपर्छ नेपालीले रुदै भन्नुभयो राम्रो संग पढाउन पनि सकिन दिन भरि काममा जान्छु वेलुका त्यहि ल्याएर सवैले खाने हो राम्रोसंग खान पनि पुग्दैन के गरम म एक्लैले ।
यि नाति नातिनिहरुलाई केहि समय पालेर ठुला वनाउन पाएत कमाउन जान्थे होला नी ऋण पनि तिर्थे अनि सुखका दिन आउथेकी सपना मात्रै होला जस्तो छ । अहिले सम्म कतैवाट पनि सहयोग पाइन विन्ति गर्दै भन्नुभयो कोहि हुनुहुन्छ भने यि साना वालवच्चाको लागि जे जति सक्नुहुन्छ सहयोग गरेर उद्धार गर्दिनु होला । सहयोगको लागि माया नेपाली मो.न ९८६११२७९१६. र राष्ट्रिय वाणिज्य वैङक फलेवास शाखाको खाता न ३५४०१०००००८०७०१० सहयो गर्न सक्नुहनेछ साथै स्थानिय शिक्षक आत्मराम शर्मालाई सम्पर्क गनुहोला ।

उहाँसग गरिएको छोटो कुराकानी भिडियो

 

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...