#
गृह पृष्ठ जीवनशैली पाङमा दुध उत्पादनको लहर, मेयर जोशीले भने दुध बेच्न हुँदैन कहर।

पाङमा दुध उत्पादनको लहर, मेयर जोशीले भने दुध बेच्न हुँदैन कहर।

पर्वत –जिल्लाको कुश्मा नगरपालिका–१ पाङका यज्ञ प्रसाद कँडेल अब भैँसी खरिदका लागि पोखरा जाने तयारीमा छन्। घरमा रहेका दुई भैँसीले मात्र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको भैँसीको व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) मा नपर्ने भएपछि उनले भैँसी थप गर्न लागेका हुन्।
कँडेल जस्तै पाङ र वडा नं. २ खुर्कोटका ५० जना कृषकहरु नयाँ भैँसी खरिदको तँछाडमछाडमा छन्। पाङका वडाध्यक्ष देवेन्द्र सुवेदीका अनुसार परियोजना अन्तर्गत सङ्घीय सरकारको २५ लाख, कुश्मा नगरपालिकाको पाँच लाख र कृषकको पाँच लाख गरी कुल ३५ लाखको लगानीमा कम्तीमा पनि एक सय ५० वटा भैँसी पाल्ने तयारी गरिएको छ। कृषि उत्पादनका लागि उर्वर मानिने पाङ र खुर्कोटमा अहिले पनि धेरै कृषकहरूले दूध उत्पादन गर्ने गरेको भए पनि त्यसलाई व्यावसायिक बनाउन नसक्दा मोहीको रूपमा दूध फालिने गरेको थियो। तर मोही बनाएर फाल्ने दूधलाई व्यावसायिक रूपमा बजारमा पठाउनको लागि थप भैँसी सहित परियोजना लागू भएको हो।
पार्वती गुफा भैँसी पालन पकेट समिति मार्फत दुग्ध सङ्कलन केन्द्र समेत निर्माण गरेर दूधलाई पर्वत सदरमुकाम कुश्मा, बागलुङ सदरमुकाममा बागलुङ र खपत हुन नसकेमा पोखरासम्म पु¥याउने गरी तयारी भइरहेको कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी बताउँछन्। ‘पाङमा जे रोप्यो त्यो फल्छ, जे ग¥यो त्यो हुन्छ। यहाँ उत्पादन भइरहेको दूध खेर गइरहेको छ, यसलाई व्यावसायिक बनाएर स्थानीय नागरिकको जीवनस्तर उकास्न यो भैँसी पकेट जोन महत्त्वपूर्ण छ’ उनले भने, ‘अबको जमानामा पनि ठेकीमा पाँच लिटर दूध बोकेर सदरमुकाम गएर बेचेर हुन्छ? सबैको घरमा भएको एकै ठाउँमा जम्मा पारेर दर कायम गरेर गरेपछि सबैले रोजगारी पाउँछन्, दूधले मूल्य पाउँछ।’
वडा सदस्य वीरेन्द्र रिजालका अनुसार पकेट क्षेत्रमा समावेश हुन चाहने कृषकहरूका लागि सूचना आह्वान गरेर मापदण्ड पूरा गर्न सक्ने भएमा सहभागी हुन भनिएको थियो। जसमा कृषकको तर्फबाट १० हजार रुपैयाँ लगानी गर्नुपर्ने, कम्तीमा एउटा मुर्रा जातको सहित तीन वटा भैँसी पालेको हुनुपर्ने, एक रोपनी क्षेत्रफलमा घाँस लगाएको हुनुपर्ने लगायतका सर्त राखिएको थियो। अहिले पहिलो वर्ष ५० जना कृषकहरू परियोजनामा सहभागी हुने र उनीहरूले पालेका भैँसीबाट दैनिक कम्तीमा पनि पाँच सय लिटर दूध उत्पादन गर्ने लक्ष्य राखिएको छ।
पाङ र खुर्कोटलाई पकेट जोनको रूपमा विकास गर्दै गर्दा पूर्व तयारी स्वरूप दुग्ध सङ्कलन केन्द्र समेत निर्माण भइसकेको छ। दैनिक कम्तीमा पनि साढे पाँच सय लिटर दूध सङ्कलन गर्न सक्ने गरी सुरुवाती अवस्थामा काम भइरहेको र बजार व्यवस्थापनको लागि समिति मार्फत निर्यातको ठाउँहरूमा बुभ्mने काम भइरहेको समितिका अध्यक्ष बाबुराम रिजाल बताउँछन्। उक्त दुग्ध उत्पादन केन्द्रको उद्घाटन कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले शुक्रवार गरेका छन्।
कुश्मा नगरपालिकाको पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटाका अनुसार व्यावसायिक दूध उत्पादनको प्रचुर सम्भावना रहेको त्यस क्षेत्रमा पाँच वर्ष अगाडिबाटै दूधको पकेट क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य राखिएको थियो। तर कृषकहरूको सक्रियता राज्यबाट हुने अनुदान सहयोगको अभावमा कार्यक्रम लागू हुन सकेको थिएन। पाङ र खुर्कोटका धेरै कृषकले दूध बिक्री नहुँदा मोही बनाएर मलखादमा फाल्नुपर्ने अवस्था रहेको बताउँदै उनले फाल्नुपर्ने मोहीको समेत पैसा पर्ने अवस्था आएको बताउँछन्।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...