#
गृह पृष्ठ मेलापत पर्वत सदरमुकाम कुश्मा बजारमा आर्कषक “याम्मी किचन हाउस” एण्ड रेष्टुरेन्ट सञ्चालनमा

पर्वत सदरमुकाम कुश्मा बजारमा आर्कषक “याम्मी किचन हाउस” एण्ड रेष्टुरेन्ट सञ्चालनमा

 

पर्वत । पछिल्लो समय पर्यटनको हव बन्दै गरिहेको सुन्दरनगरी कुश्मा बजारमा सुविधाजनक “याम्मी किचन हाउस” एण्ड रेष्टुरेन्ट सञ्चालनमा आएको छ । करिब ७ बर्ष जापान बसेका बाग्लुङ काठेखोलाका दिल रानाले रेष्टुरेन्ट सञ्चालनमा ल्याका हुन् । लामो समय देखि बाग्लुङ बजारमा सञ्चालन भइरहेको रेष्टुरेन्टको नयाँ शाखा कुश्माको म्यनरोडमा खोलिएको हो । विल्कुलै फरक परिवेशले सञ्चालन गरिएको रेष्टुरेन्ट निकै सुन्दर तरिकाले सजाइएको छ । रेष्टुरेन्टमा स्वादिलो नेपाली खाना, खाजाका सम्पुर्ण परिकार, चिया कफि पाइनुका साथै विशेष आर्कषणको रुपमा तिब्बती खाना र खाजाका परिकारहरु रहेका छन्, भने अध्ययन गर्दै गरेका विद्यार्थीहरुलाइ विषेश छुटमा खाजा खुवाइने सञ्चालक दिल रानाले बताउनुभयो । रानाले आफुले जापानमा सिकेको सिप नेपाल फर्किएपछि बाग्लुङमा प्रयोग गरेको र बाग्लुङमा केही मात्रमा सफल भएपछि ग्राहकहरुको साथ र मायाले नयाँ शाखाहरु बिस्तार गर्न थप उर्जा मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “हिजोका दिनहरूमा आफै रोजगारीको लागि कहिले नेपालमै त कहिले विदेश भौँतारिएको थिए आज आफ्नै व्यवसाय सञ्चालन गरेर १४ जना युवाहरुलाइ रोजगार दिन पाएकोमा खुशी छु ।” ग्राहकहरुको चाहनालाई मध्यनजर गरेर गुणस्तरीय खाना खाजा र व्यवस्थापन गर्न सके आफ्नै ठाउँमा यस्तै व्यवसाय गरेर राम्रो आम्दानि गर्न सकिने कुरा पनि सञ्चालक दिल रानाले बताउनुभयो । रेष्टुरेन्टमा होम डेलिभरिको व्यवस्था हुनुका साथै वर्थ–डे केकहरु पनि उपलब्ध गराईने रेष्टुरेन्टका म्यानेजर दिपक सुनारले बताउनुभयो ।

छुटाउनुभयो कि?

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

पर्वतको मुडिकुवामा पहिरोले घर पुरिँदा एक बालिकाको मृत्यु

पर्वत,२९ भदौ - पर्वतको फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवा स्थित शिर्शुवामा पहिरोले घर पुरिँदा एक बालिको मृत्यु भएको छ ।स्थानीय नबिन विकको घर...

अपडेट : गाडी टुक्रा टुक्रा अवस्थामा भेटियो। एक जनाको शव भेटियो,दुई जनाको पहिचान खुल्यो।

पर्वत-बाग्लुङबाट पोखरा सवार टाटा सुमो जीप पर्वतको कुश्मा स्थित तमादीखोलाले बगाउँदा बेपत्ता भएका तीन जनामध्ये घटनामा परेका दुई जनाको नाम खुलेको छ । कास्की नौडाँडाका विजय...

अनलाइन कक्षाका लागि “वाईफाई” खोज्दा! अमलाचौरमा गाउँभरी फैलियो कोरोना

बागलुङ– कोरोना महामारीको त्रासका कारण बैशाख यता विद्यालय खुलेका छैनन् । बागलुङका केही विद्यालयले वैकल्पिक माध्यामको प्रयोग गरेर पठनपाठन गराईरहेका छन् । केही विद्यालय...