#
गृह पृष्ठ राजनीति राजनीति एक विशुद्ध सामाजिक सेवा हो !

राजनीति एक विशुद्ध सामाजिक सेवा हो !

पर्वत-राजनीति एक विशुद्ध सामाजिक सेवा हो। विशेष उद्देश्य प्राप्तिको लागि दिगो परिवर्तनको लागि गरिने अागमी परिवर्तन हुन्छ भने त्यसलाई राजनीति भनिन्छ। तर अाज भोलि नेपालमा राजनीतिमा भएका र देखिने गरेका नेता कार्यक्रताको चर्तीकलाबाट जनता दिक्कदार भएको अवस्था छ। एसएलसी पनि पास नभएका व्यक्तिहरू उच्च पदस्थ पदमा पुग्छन् तर काम गरेर देखाउन सक्दैनन् ।

फेरि केही व्यक्तिहरू राजनीति एउटा व्यवसाय नै बनाएर राजनीतिको अाडमा कमाउ धन्दामा समेत लागेको देखिन्छ।

राजनीति देशको मुल नीति हो, समाज बदल्ने, सुधार गर्ने माध्यम हो तर विभिन्न कारणहरूले गर्दा राजनीतिलाई फोहोरी खेलको रूपमा हेर्ने गरेको देखिन्छ। अर्कोतिर राष्ट्रको विकासका लागि यहाँको सिमित स्रोत र साधनको दूरूपयोग हुन नदिई परिचालन गर्ने पर्नेमा पदमा पुगेका जो कोहिले पनि राष्ट्रलाई केही दिने भन्दा पनि त्यहाँबाट के फाइदा लिने भन्नेमा मात्र अाफुलाई केन्द्रीत गरेको पाईन्छ।

शरिरलाई पुर्ण रूपमा स्वच्छ बनाउन घाँटी बाट नभई टाउको बाटै पानी खन्याउनु परेजस्तै राजनीतिक क्षेत्र स्वच्छ र पारदर्शी नभए सम्म भष्ट्रचार निर्मल गर्न सकिदैन । राजनीतिक क्षेत्रले नै आफ्नो जिउने आधार कर्मचारी, उद्योगपति, व्यापारीहरुलाइ बनाउंदा सम्म उ कसरी भ्रष्टाचारको रोकथाम गर्न सक्छ ? कसरी भ्रष्टाचारको बिरोध गर्न सक्छ ? जवसम्म राजनीतिकर्मीले राजनीति बाहेक अन्य बैधानिक श्रोतलाइ आफ्नो जनविकाको अाधार बनाउंदैन,राजनीतिलाइ सेवाको रुपमा ठान्दैन तबसम्म भ्रष्टाचार उन्मुलन हुनै सक्दैन ।त्यस्तो अवस्थामा नेतृत्व जतिसुकै प्रतिवद्ध र इमान्दार भएपनि उसका सहकर्मीहरु प्रतिवद्ध, इमान्दार देखिन खोज्लान बन्न सक्दैनन् ।

शिशिर शर्मा पौडेल नेता नेपाल बिधार्थी संघ

छुटाउनुभयो कि?

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...