#
गृह पृष्ठ प्रवास सीमामा चीनको निगरानी गर्न,भारतले ड्रोन भाडामा ल्याउने

सीमामा चीनको निगरानी गर्न,भारतले ड्रोन भाडामा ल्याउने

काठमाडौं- भारतीय सेनाले इजरायलबाट चार वटा अत्याधुनिक ड्रोन भाडामा ल्याउन लागेको छ ।चिनियाँ सीमामा निगरानी गर्न भारतीय सेनाले हेरोन टिपी नामका ती ड्रोन ल्याउन लागेको हो ।इजरायल एरोस्पेस इन्डस्ट्रिजले बनाएको यो ड्रोन १४ मिटर लामो हुन्छ । सबै मौसममा काम गर्न सक्ने यो ड्रोनले हतियार पनि बोक्न सक्छ । तर भारतले बोक्ने भर्सनको नभएको उल्लेख गरिएको छ ।भारतले इजरायलसँग यो वर्षको सुरूमै ड्रोन भाडामा लिनेबारे सम्झौता गरेको थियो । सम्झौता अनुसार दुइटा ड्रोन केही दिनमै र बाँकी दुइटा केही समयपछि भारत आइपुग्नेछन् ।

तीन वर्षका लागि भाडामा लिइएका ड्रोनको भाडा कति हो भन्ने खुलाइएको छैन । भारतीय सेनाले पहिलो पटक सैन्य सामान भाडामा लिएर प्रयोग गर्न थालेको हो । इजरायलबाट ल्याइने ड्रोन लद्दाखको लाइन अफ एक्चुअल कन्ट्रोल आसपासमा पठाइनेछ ।गत वर्ष जुनमा गल्वान उपत्यकामा चिनियाँ सैनिकसँग भएको झडपमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसपछि दुबै देशले सीमामा तनाव मत्थर पार्न प्रयास गरेका थिए । त्यसका बाबजुद् पनि फेरि गत जनवरीमा दुई देशका सेनाबीच सामान्य झडप हुँदा दुबै पक्षका २४ जना घाइते भएका थिए ।

भारत र चीनबीच अहिलेसम्म सीमा निर्धारण हुन सकेको छैन । पूर्वको अरूणाञ्चलदेखि पश्चिममा आस्काई चीनसम्म दुई देशले आ–आफ्नो दाबी गरेपछि संसारका दुई विशाल जनसंख्या भएका यी मुलुकको सीमाना विवाद नटुंगिएको हो ।सीमाका विषयमा सन् १९६२ मा दुई देशबीच युद्ध भएको थियो । पछिल्लो समय सीमा क्षेत्रमा जाने सैनिकहरूले हतियार नलिने व्यवस्था गरिए पनि बेलाबेलामा दुई देशका सैनिकबीच ठाउँ–ठाउँमा झडपका घटना भइरहन्छन् ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...