#
गृह पृष्ठ Uncategorized अमलाचौरका दल बहादुर ‘माइला कर्मी’ जसले कमाउछन आफ्नै ठाउमा बार्सिक सात लाख

अमलाचौरका दल बहादुर ‘माइला कर्मी’ जसले कमाउछन आफ्नै ठाउमा बार्सिक सात लाख

बागलुङ/ यी हुन दल बहादुर नेपाली अर्थात “माइला दाइ’’ । बाग्लुङ नगरपालिका–१२ अमलाचौर टाकुरी बस्ने उनी अहिले ४० बर्षका भए । बिगत २३ बर्ष देखि उनको दैनिकी जाबेल, बेल्चा र गैची संग बितेको छ ।
तीन भाइमध्यका माइला छोरा उनी यहि पेशाबाट परिवार पाल्दै आयका छन । अहिले उनको परिवारमा श्रीमति र दुई छोरा एक छोरी छन् । दिनभरी कर्मी कामबाट आएको आम्दानिले छोरा छोरी र श्रीमति लाई खाना लाउन पुराएका माइला दाइले घर घडेरी समेत जोडेका छन ।
उनले र उनको टिमले हालसम्म बागलुङ नगरपालिकाको बलेवा क्षेत्रमा थुप्रै घरहरु निर्माण गरिसकेका छन । उक्त क्षेत्रमा माइला दाइले बनायको घर भने पछि सबैले प्रसंसा समेत गर्दै आयका छन ।
सरल मेहेनती र इमान्दार कर्मिको रुपमा परिचित माइला दाइलाई सबैले रुचायकै कारण अहिले उनी देश छोडेर प्रदेश जाने थुप्रै युबाहरुको बिचमा सीप भए आफ्नै गाउमा मनग्य कमाउन सकिन्छ भन्ने उदाहरण पात्रको रुपमा परिचित छन ।
मेलापात डटकमसंग कुरा गर्दै उनले भने –‘१७ बर्षको उमेरदेखि नै यहि पेशामा लागियो, गर्दै जाँदा सिक्दै पनि गइयो, अहिले भने साथिहरुसंग टिम बनायर काम गरियको छ । कमाइ पनि राम्रै छ । बिहाना बेलुका घरको काम गर्यो दिउँसो यहि काममा हिड्यो म खुसी छु ।’ बार्षिक सात लाख भन्दा धेरै आम्दानी हुने गरेकोसमेत उनले सुनाए ।
माइला दाइले देश छोडेर बिदेश जाने युबाहरु लाई सीप सिकेर आफ्नै देशमा रोजगारीसंग जोडिन आग्रह समेत गरे । सीप भएका युबाहरु लाई स्थानियदेखि प्रदेश र केन्द्र सरकारले पनि हौसला र प्रोत्साहन गर्नु पर्ने उनको भनाई छ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...