#
गृह पृष्ठ Uncategorized निरन्तर वर्षाले किसान उत्साहित

निरन्तर वर्षाले किसान उत्साहित

 

निरन्तरको खडेरीले आत्तिएका बागलुङका किसानले दुई दिनको वर्षापछि राहतको महशुस गरेका छन् । हिउँदेबाली भित्राएर मकै लगाउने बेलामा पानी नपरेकाले किसान निराश थिए ।
शुक्रबार र शनिबार बागलुङ आसपासका क्षेत्रमा वर्षा भएपछि किसानले राहतको सास फेरेका हुन् । पानी परेसँगै किसानहरुले खेतबारीमा मकै लगाउन सुरु गरेका छन् । ‘हिजो गोरु नारीयो, पानी परेपछि अब बाँझो बारी जोतिन्छ’ बागलुङको बलेवाका किसान लाल प्रसाद शर्माले भने ‘समयमा पानी परेको भए यतिबेला मकै उम्रिसकेका हुन्थे, ढिलै भएपनि बारीमा मकै लगाउँदै छौं ।’
वर्षमा तीनखेती हुने बागलुङका फाँटहरुमा यसवर्ष ढिला गरि मकै लगाईएको छ । सिंचाईको सुविधा भएका फाँटहरुमा लगाईएको मकै समेत लामो खडेरीका कारण बिरुवा ओईलिएका थिए ।
पानी परेसँगै सिंचाई असुविधा रहेका खेतबारीमा समेत किसानलाई मकै लगायतका बाली लगाउन सहज भएको हो । चैते धान रोप्ने किसानका लागि समेत सहज भएको किसानहरु बताउँछन् ।
दुईदिनको वर्षापछि फाँटहरुमा हल गोरु र मिनिटेलर देखिन थालेका छन् । बागलुङका अधिकांश किसानले मिनिटेलर हलोको प्रयोग गर्ने गरेका छन् । ‘पेट्रोल लिन भाँडो लिएर आउनेहरु पानी परेपछि ह्वात्तै बढेका छन्, हलोको लागि पेट्रोल चाहियो भनेर आउँछन्’ धौलागिरी इन्टरप्राईजेजका रबी सुवेदीले भने ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...