#
गृह पृष्ठ विचित्र संसार १ अर्ब ३० करोड टन प्लास्टिकको बोझ, कसरी थेग्ला पृथ्वीले ?

१ अर्ब ३० करोड टन प्लास्टिकको बोझ, कसरी थेग्ला पृथ्वीले ?

एक अध्ययन अनुसार आगामी २० वर्ष भित्रमा हाम्रो पृथ्वीले १ अर्ब ३० करोड टन प्लास्टिकको भारी बोक्नु पर्नेछ ।

यदि प्लास्टिकको प्रयोगमा कमी नल्याइएमा सन् २०४० सम्ममा पृथ्वीमा फ्याँकिने प्लास्टिक फोहोरको वजन सबा अर्ब टन नाघ्नेछ ।

साइन्स जर्नलमा छापिएको रिपोर्ट अनुसार विश्वमा प्लास्टिकजन्य प्रदुषणको समस्या गम्भीर ढंगले बढिरहेको छ ।

युनिभर्सिटी अफ लिड्सका शोधकर्ता डाक्टर कोस्टास भेलिसका अनुसार यो निकै डरलाग्दो तथ्य हो । तथापि यस चुनौतिको सामना गर्नका लागि हामीसँग प्रविधि उपलब्ध छन् र मौका पनि छ ।

उनी भन्छन्, ‘आगामी २० वर्षमा कुनैपनि खालको तस्वीर हुन सक्नेछ र त्यसका बारेमा यो पहिलो व्यापक आँकलन हो । यति ठूलो आँकलन गर्नु वास्तवमा कठीन काम हो, तर सन् २०४० मा पृथ्वीमा मौजूद हुने प्लास्टिकलार्य यदि समतल सतहमा बिछाउन सुरु गर्ने हो भने त्यसले बेलायतको पूरा क्षेत्रफलको साढे १ गुणा धेरै भाग सम्म छोप्न सकिनेछ । यसको अनुमान लगाउने काम जटिल छ, किनकी प्लास्टिक दुनियाका हरेक ठाउँमा उपलब्ध छ । प्लास्टिकको समस्या कसरी समाधान गर्ने भन्ने कुरा कुनै सजिलो काम होइन । काम जटिल छ, किनकी प्लास्टिक दुनियाका हरेक ठाउँमा उपलब्ध छ । प्लास्टिकको समस्या कसरी समाधान गर्ने भन्ने कुरा कुनै सजिलो काम होइन ।’

प्लास्टिक समस्याको विकराल अवस्थालाई आँकडामा बदल्नका लागि शोधकर्ताहरुले विश्वमा प्लास्टिकको उत्पादन, प्रयोग तथा त्यसको व्यवस्थापनका विषयमा अध्ययन गरे । त्यसपछि उनीहरुले एउटा मोडेल तयार पारे जसबाट भविष्यको प्लास्टिक प्रदुषणको समस्याको अनुमान लगाउन सकियोस् ।

प्लास्टिक उत्पादनको बढोत्तरीको मौजूदा ट्रेण्ड तथा त्यसको पुनप्रयोग र पुनचक्रणको मात्रामा कुनै उल्लेखनीय परिवर्तन नहुने परिप्रेक्ष्यमा सन् २०४० सम्ममा विश्वमा १.३ अर्ब टन प्लास्टिक थुप्रिनेछ ।

तर यदि प्लास्टिकको उत्पादनमा कमी ल्याउने, पुनप्रयोग तथा पुनचक्रण गर्ने तथा प्लास्टिकको साटो अन्य सामानहरुको प्रयोगमा बढोत्तरी गर्ने हो भने सन् २०४० सम्ममा समुद्रमा जाने प्लास्टिकको मात्रामा ८० प्रतिशतले कमी आउने शोधकर्ताहरुको भनाई छ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...