#
गृह पृष्ठ प्रवास भारतले बढायो नेपाललाई दिने अनुदान, १५ अर्ब ८७ करोड विनियोजन

भारतले बढायो नेपाललाई दिने अनुदान, १५ अर्ब ८७ करोड विनियोजन

१९ माघ ,काठमाण्डाै- भारतले नेपाललाई दिने वार्षिक अनुदानमा वृद्धि गरेको छ । आर्थिक वर्ष २०२१/२२ का लागि सोमबार वित्त मन्त्री निर्मला सीतामरणले सार्वजनिक गरेको केन्द्रीय बजेटअनुसार नेपालले पाउने वार्षिक अनुदान अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब १२ करोड भारु (१ अर्ब ८९ करोड रुपैयाँ)ले बढेको छ ।

भारतीय वित्त मन्त्रालयका अनुसार यो वर्ष नेपालले भारतबाट ९ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) प्राप्त गर्ने भएको छ । यसअघि भारतले आव २०२०-२१ को बजेटमा भने नेपालले पाउने अनुदानमा भारी कटौती गरेको थियो । आव २०१९-२० मा नेपालले पाउने अनुदान ११ अर्ब ९८ करोड थियो ।गत वर्षको बजेटले यसलाई कटौती गरी ८ अर्ब ८० करोड भारुमा झारेको थियो । तर आज सार्वजनिक भएको बजेटमा भने नेपालले पाउने अनुदानमा वृद्धि भएको हो ।यो बजेट अप्रिल २०२१ बाट कार्यान्वयनमा आउने छ । भारतले पहिलो पटक पेपरलेस बजेट ल्याएको छ । जसमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ ।भारतले विभिन्न मुलुकलाई दिने अनुदानमध्ये सबैभन्दा ठूलो रकम भुटानलाई छुट्टयाउने गरेको छ । यो रकममा समेत भारतले उल्लेख वृद्धि गरेको छ । आंकडा अनुसार आव २०२१-२२ मा भुटानले भारतबाट ३० अर्ब ४ करोड भारु पाउने छ ।चालु आव २०२०-२१ मा भने भुटानले २२ अर्ब ६१ करोड पाएको थियो । त्यसअगाडिको आवमा  २६ अर्ब ६७ करोड रुपैयाँ भारु भुटानलाई भारतले दिएको थियो । यो वर्ष अनुदानका रुपमा भुटानपछि नेपालले बढी अनुदान पाएको छ ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...