१४ साउन, काठमाडौं । भदौ सात गतेभित्र उद्योगहरु नवीकरण गरिसक्न उद्योग विभागले आग्रह गरेको छ । साउन ७ गतेबाट लकडाउन खुलेको र अतिरिक्त ३० दिन नवीकरणका लागि समय दिइएको अन्यथा जरिवाना लाग्ने विभागद्वारा जारी सूचनामा उल्लेख छ ।
‘लकडाउन साउन ७ गते खुलेको र त्यसको ३० दिनसम्म विभागसँग सम्बन्धित कार्यहरु गराइसक्नुपर्ने अन्यथा साविककै दरमा जरिवाना लाग्ने छ,’ विभागद्वारा जारी सूचनामा उल्लेख छ । विभागको सूचनापछि उद्योग नवीकरण, पेटेन्ट, डिजाइन र ट्रेडमार्क दर्ता नवीकरण भदौ ७ गतेभित्र गरिसक्नुपर्नेछ ।











































