#
गृह पृष्ठ प्रवास बेहुली कोरोना संक्रमित भएपछि पीपीई लगाएर विवाह....

बेहुली कोरोना संक्रमित भएपछि पीपीई लगाएर विवाह….

काठमाडौं,२२ मंसिर–भारतको राजस्थानमा पर्ने बारां जिल्लामा अनौठो तरिकाले विवाह गरिएको छ। कोभिड उपचार केन्द्रमा मण्डप बनाएर विवाह गरिएको हो।दुलहा–दुलही, उनका परिवार तथा पण्डितले पीपीई किट लगाएर वैवाहिक प्रक्रिया पूरा गरेका हुन्।वास्तवमा केलवाडा कस्बेस्थित एक घरमा विवाहको तयारी भइरहेको थियो। त्यही दिन बेहुली र उनकी आमाको रिपोर्ट कोरोना पोजिटिभ आएका हुन्।त्यसपछि केटीको परिवारलाई लाग्यो कि अब विवाहका सारा कार्यक्रम रोक्नुपर्छ। जन्ती कसरी आउने? कसरी विवाह गर्ने? केटी पक्षले स्थानीय अधिकारीलाई यो कुरा बतायो।

त्यसपछि स्थानीय कोभिड उपचार केन्द्रमै मण्डप बनाउने निर्णय भयो। अनि बेहुला, बेहुली, बुबा, आमा, पण्डित सबैले पीपीई किट लगाए। यसपछि वैवाहिक संस्कार पूरा गरियो। तर विवाहमा अन्य आफन्त सहभागी हुन सकेनन्। बरु कोभिड उपचार केन्द्रका डाक्टर र कर्मचारी सहभागी भए।छतरंग निवासी युवती र दान्ताका एक शिक्षकबीच विवाह गर्ने निधाे भएको थियो। केटीको परिवारका केही सदस्यले २ दिनअघि कोरोना परीक्षणका लागि नमुना दिएका थिए। तर विवाहकै दिन केटी र उनकी आमामा कोरोना पुष्टि भएको हो। त्यसपछि सुरक्षित ढंगले विवाह गरिएएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...