बागलुङ : चर्चित कलाकार बिष्णु खत्रीको मौलिक सालैजो गित ‘मायाको बस्ती सार्वजनिक भएको छ ।खत्रीले बिहीबार आफ्नै युट्युव च्यानलबाट उक्त गित सार्वजनिक गरेका हुन् ।खेमन शर्माको शब्द संगितमा गायक विष्णु खत्री र गायिका सुनिता श्रीस मगरको आवाजमा तयार गित बागलुङकै सेरोफेरोका वर्णन गरिएको छ ।माया प्रेमको कथामा आधारित गितमा सविन गुरुङ, सरिता दनकुटी र सगुना खत्रीलाई फिचर गरिएको छ । भिडीयो निर्माणका लागि होम गुरुङको निर्देशन, मरुभूमि नारायणको छायाङ्कन र रोशन धितालको सम्पादन रहेको छ । गितलाई समधुर क्रियसनले तयार गरेको हो ।सालैजो धौलागिरि क्षेत्रको मौलिक लोक भाका हो । पछिल्लो समय लोक तथा दोहोरी गितहरुको व्यवसायिक विकास हुँदै गर्दा मौलिक भाकाहरु भने लोप हुने अवस्था छन् । लोक तथा दोहोरी क्षेत्रका कलाकारहरु बजार मागको पछि भाग्दा मौलिक भाकाहरु ओझेल पर्दै गएका छन् ।व्यवसायिकताका लागि भन्दा मौलिक भाकाहरुको संरक्षणका लागि ‘मायाको बस्ती’ सालैजो गित तयार गरेको कलाकार खत्रीले बताए











































