बागलुङ, १५ मंसिर–बागलुङको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका नौमती बाजा समुह संगठित भएका छन् । समयानुकुल परिवर्तन र बाजा समुहलाई मजबुद बनाउनका लागि बाजा बजाउनेहरु संगठित भएका हुन् ।नयाँ पुस्तालाई बाजा बजाउने कला तथा सिपको हस्तान्तरण र पेसामा रहेकाहरुको व्यवसायीक क्षमता विकासका लागि उनीहरुले संगठन बनाएका हुन् । पैञ्युथन्थापमा बाजा बजाउन जान्नेहरुको भेलाले मिना परियारको अध्यक्षतामा ‘कालुंखोला नौमती बाजा समुह’ गठन गरेको छ ।
समुहको उपाध्यक्षमा बिसे दमै, सचिवमा मंगलसिंह परियार, कोषाध्यक्षमा गोपाल परियार, सदस्यहरुमा ओम बहादुर परियार, बम बहादुर परियार, अर्जुन परियार, पलसिङ परियार, देविराम परियार, मनबिरे दमै, देबिराम परियार र दल बहादुर परियार रहेका छन् ।
नौमती बाजा समुहले परम्परागत रुपमा बजाउँदै आएको बाजालाई व्यवसायीक बनाउनका लागि काम थाल्ने छ । समुहमा आवद्ध सदस्यहरुको क्षमता विकास, बाजाहरुको प्रबन्ध लगायतका काम थालिने समुहका अध्यक्ष मिना परियारले बताईन् । जैमिनी नगरपालिकाका कार्यपालिका सदस्य लाल बहादुर परियारको पहलमा उनीहरु संगठित भएका हुन् ।
जैमिनीमा नौमती बाजा समूह संगठित











































