पर्वत, ९ मंसिर –नेपाली सांगीतिक यात्रा विगत २ दशकदेखि क्रियाशील सर्जक तथा गायक कस्तुप पन्तको नयाँ गीत ‘जिन्दगी घाम छाया’ सार्वजनिक भएको छ । गीत गायनमा पन्तलाई कमला पोखरेलले साथ दिएकी छन् ।प्रकाश पौडेलको शब्द, गायक पन्तकै संगीत रहेको गीतमा संगीत संयोजन कमल सरगमले गरेका हुन् ।गीतको आकर्षक म्युजिक भिडियो बनेको छ । जसमा आशिर प्रताव जंग र सारिका केसीको अभिनय देख्न सकिन्छ । भिडियोमा दीपक गिरीको छायाँकन, अमृत चापागाईको सम्पादन र कपिल लामाको निर्देशन छ ।गीतकार प्रकाश पौडेल ,गायिका कमला पोखरेल ,निर्देशक कपिल लामा ,मोडेल सारिका केसि ,आशिर प्रताप जङ्ग एरेन्जर कमल सौराग,केशव सापकोटा ,अमृत चापागाईं,स्टुडियो मारुनी डिजिटल मिक्सिङ कुमार रानाको रहेको छ
भिडियो हेर्न यहाँ जानुहोला
सर्जक तथा गायक कस्तुप पन्तको बहुचर्चित नयाँ गीत ‘जिन्दगी घाम छाया’ सार्वजनिक











































