#
गृह पृष्ठ प्रवास एकपटक कोरोना सङ्क्रमण भएकाहरु कम्तीमा ६ महिनासम्म दोस्रो पटक सङ्क्रमित नहुने

एकपटक कोरोना सङ्क्रमण भएकाहरु कम्तीमा ६ महिनासम्म दोस्रो पटक सङ्क्रमित नहुने

काठमाण्डाै,७ मंसिर-एकपटक कोरोना भाइरस सङ्क्रमित भएकाहरुमा कम्तीमा ६ महिनासम्म दोस्रो पटक सङ्क्रमण हुने सम्भावना नभएको एक अध्ययनले देखाएको छ ।बेलायतको अक्सफोर्ड युनिभर्सिटीले गरेको अध्ययनअनुसार एक पटक कोरोना सङ्क्रमित भएको व्यक्ति कम्तिमा ६ महिनासम्म अर्को पटक सङ्क्रमित हुने गरी खतरा नभएको पाइएको हो । अध्ययनमा संलग्न अक्सफोर्ड युनिभर्सिटीका प्रोफेसर डेविड आयरले यो एकपटक सङ्क्रमित भइसकेकाहरु र उनीहरुको सम्पर्कमा आउनेहरुका लागि राम्रो खबर भएको प्रतिक्रिया दिनुभएको छ ।यो अध्ययन स्वास्थ्यकर्मीमा गरिएको थियो । यसमा एकपटक सङ्क्रमित भएका व्यक्ति कोरोना भाइरसबाट सुरक्षित भएको पाइएको थियो । जो सङ्क्रमित भइसकेका छन्, उनीहरुमा दोस्रोपटक सङ्क्रमणको केही नयाँ लक्षण देखिएको थिएन । एक पटक सङ्क्रमित भइसकेका ८९ जनाको जाँच गर्दा दोस्रो पटक रिपोर्ट नेगेटिभ आएको थियो ।सङ्क्रमित व्यक्तिमा प्रतिरोधात्मक क्षमता बन्ने पनि अध्ययनबाट पत्ता लागेको छ । यो अध्ययनबाट कोरोना भाइरसबारे थप बुझ्ने मौका मिलेको अध्ययनमा संलग्न भएकाहरुले बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गएको वर्ष चीनको वुहानमा देखा परेको कोरोना भाइरसका कारण विश्वमा ५ करोड ८४ लाखभन्दा धेरै सङ्क्रमित भइसकेका छन् । ती मध्ये ४ करोडभन्दा धेरै निको भएका छन् ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...