बागलुङ, २३ कात्तिक– बागलुङ नगरका दुई वडा जोड्ने गरी अक्करे भिरमा सडकको ट्रयाक खोल्ने काम सुरु भएको छ । बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौर र वडा नं. ११ रायडाँडा जोड्नेगरी नयाँ सडक निर्माणको काम सुरु भएको हो ।
अमलाचौरको ढाँडहुँदै रायडाँडाको मौरीभीर राम्तोला सडकको ट्रयाक खोल्ने काम सुरु भएको वडा नं. १२ का अध्यक्ष गुरुदत्त पाठकले बताए । गत आर्थिक वर्षमा वडा कार्यालयले २० लाख खर्चेर सुरु गरेको सडक निर्माणको कामलाई यसवर्ष प्रदेश सरकारले दश लाख रुपैयाँ उपलव्ध गराएपछि बाँकी रहेको सडक निर्माण हुँदैछ ।
झण्डै तीन किमी सडक निर्माण भएमा रायडाँडाको तल्लो भेगका सर्वसाधारणलाई पालिका मुकाम आवतजावतमा सहज हुनेछ भने स्थानीय किसानलाई मेलापात गर्न सहज हुनेछ ।