#
गृह पृष्ठ मनोरन्जन लोकगायक विष्णु खत्रीको देउसी गीत ‘लाहुरे बाको आँगनी चचॉमा ,युट्युब ट्रेन्डिङमा

लोकगायक विष्णु खत्रीको देउसी गीत ‘लाहुरे बाको आँगनी चचॉमा ,युट्युब ट्रेन्डिङमा

पर्वत,१७ कार्तिक – लोकगायक विष्णु खत्रीको देउसी गीत ‘लाहुरे बाको आँगनी’लाई दर्शक-स्रोताले रुचाएका छन् । सार्वजनिक भएको दुई दिनमै गीत युट्युब ट्रेन्डिङमा छ ।।मौलिक पर्व तिहारलाई लक्षित गरी गायक खत्रीले शुक्रबार बिहान आफ्नै युट्युब च्यानलबाट देउसी गीत सार्वजनिक गरेका थिए । भिडियोमा गाउँका वडाध्यक्ष, शिक्षक र भारतीय सेनाबाट निवृत्तको घरमा देउसी खेलिएको देख्न सकिन्छ । खत्रीले समाजको उत्थान र विकासमा नेताको भूमिकाबारे देउसीमार्फत सन्देश दिन खोजेका छन् । जनताप्रति उत्तरदायी हुन नेतालाई आग्रह गरिएको छ ।यस्तै देउसीले शिक्षकको महिमा गानसमेत गरेको छ । प्रतिभावान् नागरिक तयार गर्न शिक्षकले पुर्‍याएको योगदानको चर्चा गरिएको छ । लाहुरे र तिनका परिवारजनको जीवन भोगाइलाई देउसीमा उतारिएको छ । देउसीमा गायक खत्रीसँगै गायिका टीका पुन र मुना थापामगरको स्वर छ ।सङ्गीत र शब्द पनि खत्रीकै छ । सर्जक कुशल भण्डारीले पनि शब्दमा खत्रीलाई सघाएका छन् । देउसीको भिडियो निर्देशन होम गुरुङले गरेका छन् भने निर्मल क्षत्री, सम्झना खत्री, सगुन खत्रीलगायतको अभिनय छ । गायक खत्रीको जन्मथलो बागलुङको गलकोट नगरपालिका–७ मल्ममा देउसीको छायाङ्कन गरिएको छ । गायक खत्रीले यसअघि दशैँ गीत ‘रिनै रिनको’ सार्वजनिक गरेका थिए । गायक खत्री दुई दशकदेखि लोक सङ्गीतमा सक्रिय छन् । उनले सयौँ गीतमा स्वर र शब्द दिएका छन् ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...