#
गृह पृष्ठ खेलकुद इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई शीर्ष स्थानमा, राजस्थान रोयल्स ५७ रनले...

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई शीर्ष स्थानमा, राजस्थान रोयल्स ५७ रनले पराजित

काठमाण्डाै,२१ असोज-इण्डियन प्रिमियर लिग क्रिकेटमा मुम्बई इण्डियन्स शीर्ष स्थानमा पुगेको छ ।यूएईमा चलिरहेको आईपीएल क्रिकेटमा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा पुगेको हो । शेख जायद क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको राजस्थान १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ३६ रनमा समेटियो ।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनाएपछि राजस्थानले १ सय ९४ रनको लक्ष पाएको थियो । जितका लागि मुम्बईका सूर्यकुमार यादवले अविजित रहँदै ७९ रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान रोहित शर्माले ३५ तथा क्विन्टन डी ककले २३ रन जोडे ।

हार्दिक पाण्डेले अविजित ३० रन जोड्दा कुर्नाल पाण्डयले १२ रन बनाए । जितसँगै मुम्बईले ५ खेलमा ८ अंक जोडेको छ । मुम्बईको यो चौंथो जित हो । राजस्थानले ५ खेलमा ४ अंक जोडेको छ

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...