१४ साउन काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न बिहीवार वेष्ट इन्डिज प्रस्थान गर्ने भएका छन् ।
अगष्ट १८ देखि ट्रिनिदाद एण्ड टोबागोमा सुरु हुने सीपीएल टी-२० खेल्नका लागि सन्दीप जुलाई ३० तारिखमा त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् । सन्दीपले सीपीएलमा यस सिजन जमाइका तल्लाहवाजबाट खेल्नेछन् ।











































