#
गृह पृष्ठ खेलकुद इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा हैदराबादको दोस्रो जित, चेन्नई ७ रनले पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा हैदराबादको दोस्रो जित, चेन्नई ७ रनले पराजित

काठमाडौं,१७ असोज- इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले दोस्रो जित निकालेको छ । दुबईमा राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ रनले पराजित गर्दै हैदराबादले दोस्रो जित निकालेको हो ।हैदराबादले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्रै बनाउन सक्यो । रबिन्द्र जडेजाले ५० रनको अर्धशतकीय पारी खेले पनि चेन्नईले जित्न भने सकेन । कप्तान महेन्द्र सिंह धोनीले अविजित ४७, फाप डु प्लेसिसले २२ रन बनाए ।त्यस्तै साम करन १५ रनमा अविजित रहे । हैदराबादका टी नटराजनले २ विकेट लिए । भुवनेश्वर कुमार र अब्दुल समदले १/१ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो ।

हैदराबादका लागि प्रियम गार्गले अविजित ५१ रनको अर्धशतकीय पारी खेले । यस्तै अविशेक शर्माले ३१ र मनिस पाण्डेले २९ रन बनाए । कप्तान डेभिड वार्नर २८ रनमा आउट भए । चेन्नईका दिपक चाहरले दुई विकेट लिए ।शार्दुल ठाकुर र पियुस चावालाले १/१ विकेट लिए । हैदराबादले ४ खेलमा दुई जित सहित ४ अंक जोडेको छ । चेन्नईको यो तेस्रो हार हो । ४ खेलमा २ अंक जोडेको चेन्नई तालिकाको पुछारमा छ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...