१४ साउन, काठमाडौं । सरकारले ६ साउनमा १२० दिन लामो लकडाउन अन्त्य भएको घोषणा गर्यो । र, उपत्यकाको हकमा काठमाडौं, भक्तपुर र ललितपुर तथा बाहिरको हकमा जिल्लाभित्र मात्र सार्वजनिक तथा निजी सवारीसाधन चल्न दिने निर्णय पनि गर्यो ।
लामो दूरीको सार्वजनिक यातायात भदौ १ देखि सञ्चालन गर्ने भनेको छ । तर लामो दूरीमा सार्वजनिक सवारी साधन नचले पनि काठमाडौं आउने मानिसको संख्या बढेको बढ्यै छ ।











































