१४ साउन, पोखरा । स्याङ्जामा केही प्रहरी कर्मचारीलाई रुघाखोकी लाग्यो । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको शंकामा ४ जनाको स्वाब संकलन गरी प्रदेश प्रयोगशाला पोखरामा पठाइयो ।
साउन ६ गते परीक्षणको नतिजा आउँदा ३ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण भएकोे पुष्टि भयो । सुरक्षाकर्मीमा संक्रमण देखिएपछि अरु सहकर्मी र परिवारका सदस्यमा पनि संक्रमण फैलिएको हुन सक्ने आशंकामा स्वाब संकलन गरेर परीक्षण गर्दा एसपीसहित १८ जनामा संक्रमण देखियो ।










































