पर्वत, १५ असोज- दशै विशेष गीत बहिनी सार्बजनिक भएको छ । नेपाली समुदायको जनजीवन झल्काउने यो गीतमा बिक्रम सेन्चुरी र तेजा रसाईलीले आवाज दिएका छन । सुमन सेन्चुरीको शव्द रहेको गीतमा लय भने बिक्रम सेन्चुरीको रहेको छ । गीतमा परदेश रहेको दाइ र घर सम्हालेर बसेका बहिनी र आमाको दर्दनाक कथा देख्न सकिन्छ ।
गीतको भिडियोमा नेपाली समुदायको गरिबी बर्गको अबस्थालाई चित्रण गरिएको छ । गरिब परिवारको दैनिकी र गरिबीका कारण आइ पर्ने वा झेल्नुपरेका समस्या भिडियोमा देख्न सकिन्छ । भिडियोको निर्देशन किशान बि.सीको रहेको छ । भिडियोको सम्पादन समेत बि.सीले नै गरेका हुन । भिडियोमा मुख्य पात्र दाइको अभिनयमा कलाकार अर्जुन थापा रहेका छन भने बहिनीको अभिनय पुजा पुनको रहेको छ । आमाको अभिनय भुमा विश्वकर्माको रहेको छ । त्यस्तै अन्य भुमिकामा मनिका रसाल, कृष्ण सुनार, खुम पुन, कमल पुन दिया थापा विश्वकर्मा, कमल एलएक्स लगायत रहेका छन ।गीत आर्ट नेपालको अफिसियल युट्युब च्यानल र बाग्लुङ कालिका हेर्ने टिभी मार्फत सार्बजनिक भएको हो ।
भिडियो











































