#
गृह पृष्ठ खेलकुद इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थानको पहिलो हार, कोलकत्ता ३७ रनले विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थानको पहिलो हार, कोलकत्ता ३७ रनले विजयी

काठमाण्डाै,१५ असोज- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले दोस्रो जित निकालेको छ ।यूएईमा राति भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै कोलकत्ताले दोस्रो जित निकालेको हो । कोलकत्ताले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन मात्र बनाउन सक्यो ।राजस्थानका टम करनले ५४ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । यस्तै जोस बट्लरले २१ रन जोड्दा राहुल टेवाटियाले १४ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् ।राजस्थानलाई सस्तैमा रोक्न कोलकत्ताका भरुण चक्रवर्ती, शिवम माभी र कमलेस नगरकोटीले २/२ विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो । कोलकत्ताका लागि शुभमन गिलले ४७ रन जोड्दा आन्द्रे रसेलले २४ रन जोडे । नितेश रानाले २२ तथा सुनिल नारिनले १५ रन बनाए । इयान मोर्गन ३४ रनमा अविजित रहे ।

राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिए । यस्तै अंकित राजपुत, टम करन, जयदेव उनाकड र राहुल टेवाटियाले एक/एक विकेट लिए । जितसँगै कोलकत्ताले ३ खेलमा ४ अंक जोडेको छ ।कोलकत्ता लिगको दोस्रो स्थानमा उक्लिएको छ । कोलकत्ताले अघिल्ला दुई खेलमा एक जित र एक हार व्यहोरेको थियो । अघिल्ला दुई खेलमा अपराजित रहेको राजस्थानको यो पहिलो हार हो । तेस्रो स्थानमा रहेको राजस्थानले ३ खेलमा ४ अंक जोडेको छ ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...