#
गृह पृष्ठ राजनीति नेकपा बागलुङले गर्यो जैमिनीका पहिरो पीडितलाई राहत वितरण

नेकपा बागलुङले गर्यो जैमिनीका पहिरो पीडितलाई राहत वितरण

बागलुङ,११ असोज–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागलुङले जैमिनी नगरमा पहिरोमा परि ज्यान गुमाउनेका परिवारलाई राहत वितरण गरेको छ । जैमिनी–१ टुनिवोटका दुई परिवार र वडा नं. ५ बिनामारेको एक परिवारलाई जनही दश हजारका दरले राहत रकम वितरण गरिएको हो ।गत भदौं २८ र २९ गतेको अविरल वर्षाका कारण घरमाथीबाट आएको पहिरोमा परि टुनिवोटका ६० वर्षीय लक्ष्मी पौडेल र ६८ वर्षीय हरिकृष्ण शर्मा तथा बिनामारेकी ६९ वर्षीय जालपादेवी पाध्याको निधन भएको थियो ।


पीडित परिवारलाई नेकपा कार्यालय सदस्य फमलाल निउरेले राहत रकम हस्तान्तरण गरेका थिए । राहत कार्यक्रममा जिल्ला इन्चार्ज बलावती शर्माले परिवारप्रति समवेदना प्रकट गर्दै शोक मन्तव्य राखिन् । कार्यक्रमको सञ्चालन जिल्ला कार्यालय सदस्य लालबहादुर थापाले गरेका थिए ।नेकपाले जिल्लाभित्र प्राकृतिक प्रकोपका कारण ज्यान गुमाउने सबै मृतकका परिवारमा परेको दुःखमा साथ दिने उद्देश्यले सहयोग स्वरूप राहत रकम वितरण गर्ने जिल्ला कार्यालय सदस्य विष्णु भुषालले बताए ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...