#
गृह पृष्ठ राजनीति फलेवासका बाढीपहिरो पिडितलाई तरुण दलले दियो जस्ता र त्रिपाल

फलेवासका बाढीपहिरो पिडितलाई तरुण दलले दियो जस्ता र त्रिपाल

पर्वत ,११ असोज–नेपाल तरुण दल फलेवास नगर समितिले देविस्थानका बाढि पहिरो पीडितलाई जस्तापाता तथा त्रिपाल वितरण गरेको छ । भदौको अन्तिम सातादेखी लगातर परेको बर्षाका कारण क्षतिग्रस्त तथा जोखिमयुक्त घरपरिवारलाई जस्तापाता र त्रिपाल वितरण गरेको हो । आइतवार फलेवास नगरपालिका–६ देविस्थानको राहालेमा एक कार्यक्रमको आयोजना गरि ५ जनालाई एक÷एक बण्डल जस्तापाता र १४ जनालाई त्रिपाल वितरण गरिएको तरुण दल फलेवास नगर समितिका सह–सचिव शिववहादुर क्षेत्रीले जानकारी दिनुभयो । बाढि र पहिरोवाट घर भत्केर नयाँ बनाउन नसक्नेलाई जस्तापाता र छानो चुहिएर बस्न नमिल्ने अवस्थाका व्यक्तिलाई त्रिपाल वितरण गरिएको क्षेत्रीले बताउनु भयो ।साथै उहाँले तरुण दलले यो अभियान नगरका सबै वडामा संचालन गर्ने दावी गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व साँसद अर्जुनप्रसाद जोशीले जस्तापाता तथा त्रिपालले बाढि पहिरो पीडितलाई राहात मिल्ने बताउनु भयो । बाढि पीडितलाई परेको समस्या प्रति काँग्रेस गम्भीर रहेको तर राज्य भने मुकदर्शक बनेको जोशीले बताउनुभयो । कोरोनाका नाममा सरकार भष्ट्रचार गर्न केन्द्रित हुँदा बाढि पीडितको समस्या बारे बेखबर भएको जोशीले आरोप लगाउनुभयो । काँग्रेस सत्तामा नभएपनि जनताको समस्या समाधानका लागि तत्पर रहेको उहाँको भनाई छ । देशमा दुई तिहाई सरकार छ । यो बेलामा जनतालाई राहात दिनुपर्ने हो । तर जनताले सरकार छ भन्ने कतिपनि महसुस गर्न सकेका छैनन् । कोरोनाको संक्रमण देशभर फैलदै गएको तर सरकारले ठोस निर्णय लिन नसकेको उहाँको आरोप छ । कार्यक्रमको प्रमुख अतिथी समेत रहेका जोशीले बर्तमान ओली सरकारले नेपाली जनताको हक–हित र अधिकारको पक्षमा काम गर्न नसकेको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालमा यतिबेला केपी ओली प्रधानमन्त्री भएको सरकार इतिहासमै सबैभन्दा बलियो सरकार हो तर, पनि यो सरकारले नेपाली जनताको पक्षमा कुनै काम गर्न सकेन, यसले आशा लाग्दो कुनै पनि काम देखाउन सकेन ।’
नेपाली काँग्रेसका पूर्व महाधिवेशन तथा राष्ट्रिय सभा सदस्य पदका उम्मेदवार जितवहादुर नेपालीले स्थानीय सरकार बाढिपहिरो पीडितको समस्याप्रति जिम्मेवारी बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य डाक्टर चुडामणि शर्मा, अर्का जिल्ला सदस्य शिवप्रसाद सुवेदी, नेपाली काँग्रेस फलेवास नगर समितिका सभापति हिरामणि सापकोटा, नेपाल दलित संघ पर्वतका सभापति याम परियार‘शिव’ लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य दयाराम गौडेल, नेपाली काँग्रेस देविस्थानका सभापति नारायणप्रसाद श्रेष्ठ, नेपाल शिक्षक संघ फलेवासका अध्यक्ष पूर्णकुमार श्रेष्ठ, मुडिकुवा वडा अध्यक्ष पदका प्रत्यासी बालकृष्ण तिवारी, देविस्थानका वडा अध्यक्ष पदका प्रत्यासी किरण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
नेपाल तरुण दल फलेवास नगरपालिकाका नगर सभापति दिनेश लामिछानेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य तरुण दल फलेवासका बरिष्ठ उपाध्याक्ष अच्युतकृष्ण श्रेष्ठ र कार्यक्रमको संचालन तरुण दल फलेवासका प्रवक्ता एवम् तरण दल खानीगाउँका अध्यक्ष निर्मल नेपालीले गर्नुभएको थियो ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...