१४ साउन, काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतम र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राति भैंसेपाटीस्थित गौतम निवासमा दुई घण्टासम्म सपरिवार डिनर बैठक गरेको सुन्दा स्थायी कमिटीका कतिपय नेता छक्क परे ।
छक्क नपरुन् पनि किन ? उनीहरुले भैंसेपाटी डिनरको केही घण्टाअघि मात्रै बालुवाटारमा वामदेवको कडा भाषण सुनेका थिए । केही नेताले मोबाइलमा रेकर्डसमेत गरेका थिए ।











































