काठमाडौं, ४ असोज-युटुबमा नेपाली लोक दोहोरी गित हरु एक पछि अर्को निरन्तर आइरहेका छन , लोक पाराखी हरुको लागि पछिल्लो समय सार्बजनिक भयको दिलको राजधानी गितले पनि सबैको मन जित्न सफल भयको छ!
बिक्रम परियार र बिन्दु परियारको स्वर रहेको ‘दिलको राजधानी’ बोलको गीत बिहीबार राजेश बर्देवाको यूट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।कृष्ण कँडेल ‘मित्र’ले लेखेको गीतलाई राजेश बर्देवाले संगीत दिएका हुन् ।गीतको भिडियोमा दुर्गेश थापा र शिल्पा पोखरेलको अभिनय रहेको छ ।प्रकाश खड्काले खिचेको भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका हुन् ।











































