#
गृह पृष्ठ मेलापत नेपाली काँग्रेस पर्वतले दियो मुडिकुवाका बाढि पीडितलाई नगद सहयोग

नेपाली काँग्रेस पर्वतले दियो मुडिकुवाका बाढि पीडितलाई नगद सहयोग

पर्वत, असोज १–नेपाली काँग्रेस पर्वतले बाढीबाट बालिका गुमाउन पुगेका फलेवास नगरपालिका वडा नम्बर ४ मुडिकुवाका नविन विकको परिवारलाई नगद सहयोग गरेको छ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीको नेतृत्वमा गएको टोलीले नविन विकलाई नगद ३० हजार रुपैयाँ प्रदान गरेको हो । विकको तीन बर्षिय छोरी निकिताको ठाडोखोलामा आएको बाढीले बगाएर भदौ २८ गते ज्यान गएको थियो । बाढी बसिरहेको घरमा पस्दा नविनसहित उनकी पत्नीसमेत घाइते भएका थिए । नविनको गोठमा बाधिएका भैसीसमेत मरेको थियो । विकको घर नै बाढीले क्षतबिक्षत पारेको छ । मुडिकुवा क्षेत्रका बाढीपीडित घरहरुको अवलोकन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसाँसद अर्जुनप्रसाद जोशीले विकलाई उक्त नगद सहयोग प्रदान गरेका थिए ।
जोशीले बाढीबाट छोरी गुमाएका र सम्पत्ती नोक्सान भएका विक परिवारलाई आवश्यक आर्थिक सहयोग र पुनस्र्थापनाका लागि राज्यको ध्यानाकर्षण गराउने बताए । आफ्नो पार्टीको तर्फबाट आगामी दिनमा पनि आवश्यक सहयोग उपलब्ध गराउने जोशीले बताए । उनले उद्धारमा खटिएका स्थानीय नेता तथा कार्यकर्ताहरुलाई धन्यवाद दिदै नेपाली काँग्रेस पीडित परिवारको पुनस्र्थापनामा गम्भीर रुपमा लाग्ने बताएका थिए ।
बाढीबाट पु¥याएको क्षतिको अवलोकन तथा मृतकका परिवारलाई राहत बितरणमा नेपाली काँग्रेसका महासमिति सदस्य एवम् केन्द्रीय प्रचार विभाग सदस्य राधाकुमारी कुँवर क्षेत्री, महासमिति सदस्य एवम् केन्द्रीय संगठन विभाग सदस्य शिवप्रसाद सुबेदी, नेपाली काँग्रेस पर्वतका जिल्ला कार्य समिति सदस्य डा.चुडामणी शर्मा, दयाराम गौडेल, देबिप्रसाद विलासी, जिल्ला सदस्य तथा केन्द्रीय यातायात विभाग सदस्य शिवप्रसाद सुबेदी, महाधिबेशन प्रतिनिधि जीतबहादुर सुनार (शेरबहादुर), नेपाल निजामती कर्मचारी यूनियन संघका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक शिव शर्मा अधिकारी, कर्मचारी नेता राजेन्द्रबहादुर क्षेत्री, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, नेपाली काँग्रेस मुडिकुवाका सभापति पुनाखर गौँडेल, नेपाल तरुण दल फलेवासका अध्यक्ष दिनेश लामिछाने, रेडियो शालिग्रामका स्टेशन म्यानेजर ओमप्रसाद घायल, नेपाल प्रेस युनियन पर्वतका उपाध्यक्ष रोशन तिवारी, सचिव साजन परियार लगायतको उपस्थिति रहेको थियो ।
केन्द्रीय सदस्य जोशी नेतृत्वको टोलीले फलेबासको देविस्थान, खानीगाउँलगायतका बाढीपहिरोबाट पीडितहरुको अवस्थाको समेत अवलोकन गरी उनीहरुको राहत तथा ब्यवस्थापनका लागि आवश्यक पहल गर्ने बताएको छ ।

छुटाउनुभयो कि?

बागलुङको जैमिनी नगरपालिका २९ बर्षिय संक्रमित पुरुषको मृत्यु

बागलुङ ,२१  कात्तिक- बागलुङका २९ बर्षिय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–९ पैञ्युथन्थापका ती पुरुषको पोखरा स्वास्थ्य बिज्ञान...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...