#
गृह पृष्ठ मेलापत कुश्मीशेरामा फेरि अर्को पहिरो,चार घर पुर्यो, एक जना बेपत्ता

कुश्मीशेरामा फेरि अर्को पहिरो,चार घर पुर्यो, एक जना बेपत्ता

बागलुङ, २९ भदौ– बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा, टुनीबोटमा पहिरोले चार घर पुर्दा एक जना बेपत्ता भएका छन् ।बागलुङ–कुश्मीशेरा सडक माथीबाट आएको पहिरोले पुरीँदा टुनीबोटका ७० बर्षिय हरीकृष्ण पौडेल बेपत्ता भएका हुन् । उनको परिवारका अन्य तीन जनाले भने भागेर ज्यान जोगाएको स्थानीय कृतिनाथ शर्माले बताए ।
आईतवार पहिरो खसेर एक जनाको मृत्यु भएको पहिरो सोमबार समेत बढेपछि तीन घर पुरेको छ । घरमा रहेका सबैलाई रातको समयमा अत्याधिक बर्षा भएपछि स्थानीयले रातीनै अन्यत्र सारेका थिए ।
घटनास्थल पुग्ने सडक तथा पैदलमार्गमा समेत ठुलो पहिरो झरिरहेकाले प्रहरी चौकी कुश्मीशेराको समुह घटनास्थल पुग्न सकेको छैन् । बिहानै देखि प्रहरी र जनप्रतिनिधिको टोलि घटनास्थल हिँडेको भएपनि पहिरो झरिरहेकाले जोखिम रहेको वडा सदस्य रुद्रनाथ शर्माले बताए ।

छुटाउनुभयो कि?

पर्वतको खौलामा श्रीमतीको घाँटी बाँधेर हत्या

पर्वत,१७ मंसिर- कुश्मा नगरपालिका १३ खौलालाँकुरीका एक व्यक्तिले श्रीमतीको घाँटी बाँधेर हत्या गरेका छन् । गएको कात्तिक १५ गते महिलाको शव शङ्कास्पद अवस्थामा भेटिएपछि...

एसईई नतिजा प्रकाशनमा कोरोना प्रभाव

२२ साउन, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुन अझै केही दिन लाग्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या...

अमलाचौरका उमनाथ : बुढ्यौलीमा पनि तन्नेरीको जाँगर

बागलुङ-गाउँको माझ जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमा नै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन...

बलेवाका ३ वडा अध्यक्षको टेलिफोन सम्बाद :संक्रमण त्रासले वलेवाका वडाहरुमा थप कडाई गरिने!

बलेवा, १२ भदौ– संक्रमणको त्रास बढ्दै गएपछि बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका तीन वडाले निषेधाज्ञाको कार्यान्वयनमा थप कडाइ थालेका छन् । छिमेकी स्थानीय तहहरुसँग जोडिएका...

को होला त !भुमी समस्या समाधान आयोग पर्बतको संयोजक ?

पर्वत, ७ भदौ – सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई जग्गा बितरण गर्न अधिकार सम्पन्न ‘भूमिसम्बन्धी समस्या समाधान आयोग’ गठन गरेको छ ।देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा सात...